डोल्पाली युवाको चेतावनीः वामदेब गौतमलाई मान्दैनौं



हाम्रो इकोनोमि

 

सांसद धनबहादुर बुढालाई राजीनामा गराउने षडयन्त्र भएको भन्दै डोल्पाका युवाहरुले आपत्ति जनाएका छन् ।

 

सांसद बुढालाई राजीनामा गराएर उक्त क्षेत्रबाट बर्दियाबाट चुनाव हारेका नेकपाका नेता वामदेब गौतमलाई उपनिर्वाचनमार्फत् संसदमा ल्याउन चलखेल भएको भन्दै उनीहरुले आपत्ति जनाएका हुन् ।

 

युवाहरुले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सांसद बुढाले डोल्पाली जनताको विश्वास जितेको र उनलाई पाँच वर्षसम्म काम गर्न दिन नेकपाको नेतृत्वको ध्यानाकर्षण पनि गराएका छन् ।

 

पछिल्लो समय संस्कृति, पर्यटन तथा नागरिक उडड्यन राज्यमन्त्रीसमेत रहेका बुढालाई राजीनामा दिन लगाएर वरिष्ठ नेता गौतमलाई उपनिर्वाचनमार्फत् डोल्पाबाट सांसद बनाउने चर्चा चेलेको छ । तर, यो कुरा आफूहरुलाई मान्य नहुने डोल्पाका युवाहरुले चेतावनी दिएका छन् ।

 

उनीहरुले निर्वाचनमा हार खाएका वरिष्ठ नेता गौतमलाई सांसद बनाए त्यो नेकपाका लागि इतिहासको सबैभन्दा ठूलो कलंक हुने तर्कसमेत गरेका छन् ।

 

जनताका आशा र भरोसाका रुपमा रहेका बुढालाई राजीनामा दिन कुनै पनि हिसाबले नमिल्ने भएकाले त्यसो नगर्न नेकपालाई सचेत गराउनु परेको डोल्पाका युवा राजीव शाहीले बताए ।

डोल्पाबाट प्रतिनिधिसभामा निर्वाचित सांसद बुढाले निर्वाचनमा अत्याधिक मत पाएका थिए । स्थानीयले बुढा पाँच वर्षका लागि आफ्नो प्रतिनिधि भएकाले कसैले पनि बीचमा राजीनामा नगराउन नमिल्ने तर्क पनि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह

        राष्ट्रिय प्रजातन्त्र पार्र्टी (राप्रपा) काठमाडौं क्षेत्र नम्बर १ ले...

माइतीघरमा जेन-जीलाई तितरबितर पार्दै प्रहरी

    माइतीघरमा आन्दोलनका लागि भेला भएका जेन-जी प्रदर्शनकारीलाई प्रहरीले तितरबितर पारिरहेको छ...

पूर्वराष्ट्रपतिको अभिव्यक्ति सुन्दा उदेक लाग्यो : प्रदीप ज्ञवाली

  नेकपा एमालेका पूर्वउपमहासचिव प्रदीप ज्ञवालीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको राजतन्त्र फर्कन प्रतिक्रियामा कटाक्ष...

प्रधानमन्त्रीले बोलाइन् राजनीतिक दलसहित संयुक्त बैठक

     प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनका सम्बन्धमा छलफल गर्नका लागि प्रमुख सात राजनीतिक...