इन्डोनेसिया र चीनमा गयो शक्तिशाली भूकम्प, सुनामी आउने खतरा



 

इन्डोनेसियाको पूर्वी भागमा पर्ने मालुकु प्रान्तमा शुक्रबार ६.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । इन्डोनेसियाको मौसम विज्ञान विभागले भूकम्पबाट सुनामी आउने खतरा नरहेको स्पष्ट गरेको छ ।

भूकम्पबाट कुनै पनि किसिमको जीउधनको क्षति नभएको राष्ट्रिय विपद् व्यवस्था एजेन्सीले जनाएको छ ।

 

त्यसैगरी चीनको उत्तरपश्चिम किङ्गहाई प्रान्तमा शुक्रबार ५.१ म्याग्निन्युडको भूकम्प गएको छ । यस भूकम्पपछि मानवीय र सम्पत्ति क्षतिको कुनै विवरण प्राप्त भएको छैन ।

 

स्थानीय समायानुसार शुक्रबार बिहान ९:३४ मा सो भूकम्प गएको चीनको भूकम्प सञ्जाल केन्द्रले जानकारी दिएको छ ।  भूकम्प प्रभावित क्षेत्रको आसपासमा नै १० किलोमिटर गहिराईमा सो भूकम्पको केन्द्रविन्दु रहेको जनाइएको छ । भूकम्पको केन्द्रविन्दु रहेको २० किलोमिटर अर्धव्यासम्म आवासीय वासस्थानहरु पनि नरहेको बताइएको छ । यसैकारण मानवीय क्षति नभएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । एएफपी

प्रतिक्रिया दिनुहोस
आज फुलपाती घर घरमा भित्राइदै

बडा दशैंको सातौं दिन आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्राइँदैछ । प्रत्येक वर्ष

कांग्रेस-एमालेबाहेकका दलसँग माओवादीले गठबन्धन गर्ने

    प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले मंसिर १६ गते हुने उपनिर्वाचनमा

सन्दीप विरुद्धको मुद्दामा महान्यायाधिवक्ता कार्यालयले पुनरावेदन नगर्ने

    महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा पुनरावेदन नगर्ने निर्णय गरेको

माधवको नेकपा एस फुटने पक्का, १०० बढी नेताको बिद्रोह

     नेकपा एसका नेताहरुले अध्यक्ष माधवकुमार नेपाललाई पार्टीको आन्तरिक एकता जोगाइ राख्न