प्रधानन्यायाधीशमा अस्वीकृत भएपछि सरकारसँग यसरी रिस फेरे जोशीले



हाम्रो इकोनोमि

 

प्रधानन्यायाधीशमा अस्वीकृत भएपछि दीपकराज जोशीले सत्यतालाई सांसदले बंग्याएको आरोप लगाएका छन् ।

 

आफुमाथी लगाइएको कुनै पनि आरोप सत्य नभएको जिकिर गर्दै उनले सत्यको मुखमा सुनको जलप लगाइएको प्रतिक्रिया दिएका छन् । ‘सत्यको मुखमा सुनको भाँडोले छोपियो’ उनले छोटा प्रतिक्रिया दिँदै संस्कृतमा भने ।

 

गोपाल प्रसाद पराजुली न्यायपरिषदबाट बर्खास्त भएपछि ३० फागुनमा उनी कामु प्रधानन्यायाधीश बनेका थिए । जन्ममिति विवादमा पराजुली पदमुक्त भएका थिए भने जोशीको प्रमुख कारण शैक्षिक योग्यताको प्रमाणपत्र रहेको छ ।

संसदीय समितिले शुक्रवार प्रधानन्यायाधीशमा जोशीलाई अस्वीकार गरेपछि उनले संस्कृतमा प्रतिक्रया दिँदै भने ‘सुवर्णमयेन पात्रेण सत्यस्यापिहितं मुखम्‌।’ (सुनको बिर्कोले सत्यको मुख छोपियो ।)

 

संसदीय सुनुवाई समितिले उनको नाम अस्वीकृत गर्नुपर्ने कारण सार्वजनिक गरेको छ भने त्यसलाई जोशीले सत्यको मुखमा सुनको विर्कोले छोपेको प्रक्रिया दिएका छन् ।

 

संसदीय सुनुवाईबाट जोशी दुई तिहाई बहुमतबाट अस्वीकृत भएका छन् भने प्रतिपक्ष दल नेपाली कांग्रेस प्रक्रियाबाट बाहिरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस
रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह

        राष्ट्रिय प्रजातन्त्र पार्र्टी (राप्रपा) काठमाडौं क्षेत्र नम्बर १ ले...

माइतीघरमा जेन-जीलाई तितरबितर पार्दै प्रहरी

    माइतीघरमा आन्दोलनका लागि भेला भएका जेन-जी प्रदर्शनकारीलाई प्रहरीले तितरबितर पारिरहेको छ...

पूर्वराष्ट्रपतिको अभिव्यक्ति सुन्दा उदेक लाग्यो : प्रदीप ज्ञवाली

  नेकपा एमालेका पूर्वउपमहासचिव प्रदीप ज्ञवालीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको राजतन्त्र फर्कन प्रतिक्रियामा कटाक्ष...

प्रधानमन्त्रीले बोलाइन् राजनीतिक दलसहित संयुक्त बैठक

     प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनका सम्बन्धमा छलफल गर्नका लागि प्रमुख सात राजनीतिक...