राप्रपा र राप्रपा प्रजातान्त्रिकबीचको एकता, राजतन्त्र फर्काउने नारा नभएपछि यसरी भाँडे ज्ञनेन्द्रले



हाम्रो इकोनोमि

 

राष्ट्रिय प्रजातन्त्र पार्टी र राप्रपा प्रजातान्त्रिकबीचको एकता वार्ता स्थगित भएको छ । अध्यक्ष कमल थापाले  ज्ञनेन्द्रले भने बमोजीम राजतन्त्र फर्काउने नारा र  हिन्दू राष्ट्र कुरा नभएपछि यसरी भाँडिएको छ । राप्रपा अध्यक्ष कमल थापाले हिन्दू राष्ट्र र राजसंस्थाबारे राप्रपा प्रजातान्त्रिकको आधिकारिक धारणा नआएसम्म वार्ता नगर्न आफ्नो वार्ता टोलीलाई निर्देशन दिएका छन् ।

 

हिन्दु राष्ट्र र राजतन्त्रबारे राप्रपा प्रजातान्त्रिकका महामन्त्री सुनील थापाले हालै सञ्चार माध्यमहरुमा राप्रपाले हिन्दु राष्ट्र र राजतन्त्रको मुद्दा छाडेमा मात्र एकता हुन सक्ने अभिव्यक्ति दिएपछि राप्रपाले पार्टीले ती विषयमा पार्टीले आधिकारिक धारणा नदिएसम्म वार्ता नगर्ने बताएको हो ।

 

पार्टी एकताबारे छलफल गर्न दुबै पार्टीले वार्ता टोलीसमेत बनाएका थिए । जसमा राप्रपाबाट वुद्धिमान तामाङ, टंक ढकाल र राजेन्द्र लिंदेन छन् भने राप्रपा प्रजातान्त्रिकको वार्ता टोलीमा दीपक बोहरा, बिक्रम पाण्डे र सुनील थापा छन् ।

 

राप्रपा प्रजातान्त्रिकले भने महामन्त्री थापाले दिएको अभिव्यक्ति पार्टीको आधिकारिक धारणा नभएको बताएको छ । उसले पार्टी सर्वधर्म समभावसहितको सनातन हिन्दूराष्ट्रप्रति पूर्ण प्रतिवद्ध रहेको पनि बताएको छ ।

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...