मन्त्री परिषद विस्तार , ढकाल,अर्याल र यादव मन्त्रीमा नियुक्त



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी शर्मा ओलीले आज कानून, न्याय तथा संसदीय मामिला मन्त्रीमा भानुभक्त ढकाललाई नियुक्त गर्नुभएको छ ।

प्रतिनिधिसभा सदस्य ढकाल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट विजयी सांसद हुनुहुन्छ ।

उहाँ प्रतिनिधिसभा निर्वाचन २०७४ मा मोरङ जिल्ला क्षेत्र नं ३ बाट निर्वाचित हुनुभएको हो । यसअघि साउन ८ गते शेरबहादुर तामाङले राजीनामा दिएपछि सो मन्त्रालय मन्त्रीबिहीन भएको थियो ।

 

प्रधानमन्त्री ओलीका प्रेस सहयोगी रामशरण बजगाईंका अनुसार आजै प्रधानमन्त्री ओलीले भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रीमा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्ममा अर्याललाई र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा डा सुरेन्द्र यादवलाई नियुक्त गर्नुभएको छ ।

नवनियुक्त तीन मन्त्रीलाई आजै राष्ट्रपति विद्यादेवी भण्डारीले शपथग्रहण गराउनु हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...