लोक गीतमा चम्किदै सिता श्रेष्ठ
अहिले सिता श्रेष्ठलाई अन्तरवार्ता र गित रेकर्डिङ गर्दैमा भ्याई नभ्याई छ ।
सुरिलो स्वरकी धनी सिता अचेल लोकसंगीतको पर्यायी नै बन्न पुगेकी छिन । भर्खर मात्र सर्जक एवं गायक रमेश बिजीको शब्द तथा कमल सरगमको लय संकलनमा अर्का चर्चित गायक बद्री पंगेनीसँग माईति घर बोलको तीज गीत गाएपछि उनको व्यस्ताता र चर्चा झन चुलिएको छ ।
उनले भर्खर मात्र ओएस नेपाल म्युजिक अवार्ड २०७५ को उत्कृष्ट नव गायीकाको उपाधि जितेकी थिईन ।
कठै मेरो माइती गाँउ बाट उनी नोमिनेशनमा परेकी थिइन भने उपाधि समेत हात पारेकी थिईन । उपाधी पाए पछि श्रेष्ठले गित गाउने अवसर दिने सम्पुर्ण युनिट,आफुलाई अवार्ड जिताउने सहयो गर्ने स्रोता दर्शक तथा सबैमा धन्यवाद व्यक्त गर्दै आवर्डले अझ धेरै जिम्मेवारी थपेको बताईन ।
निकै उत्कृष्ट आवाजकी धनि गायीका सिताले छोटो समयमै नेपाली लोकदोहोरी गित संगितमा सबैको मन जित्न सफल बनिरहेकी छन । अनुशासित मिलनशार र मेहनती गायिका श्रेष्ठ लोकगायन क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएकी छिन ।
उनको स्वर सुन्न अचेल सबै आतुर हुने गरेका छन् । त्यसैले उनले अहिले खाली रहनुपरेको छैन । उनको आगामी यात्रा झन सफल होस होम्रो शुभकामना ।