मन्त्री पण्डितले गरे २१ सहसचिवको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)



 

 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २१ जना सहसचिवको काज सरुवा गरेको छ । सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले मन्त्रीस्तरीय निर्णयबाट केही दिनअघि उनीहरुको सरुवा गरेका हुन् ।

अर्थ मन्त्रालय र मातहतका निकायबाट ४ सहसचिव बाहिरिएका छन् । अर्थ मन्त्रालयमा कसैलाई ल्याइएको छैन । अर्थ मन्त्रालयको तत्कालीन अन्तर सरकारी वित्त व्यवस्थापन महाशाखा प्रमुख हरिप्रसाद बस्यालको सरुवा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको छ । अर्थको नयाँ संगठन संरचना अनुसार यो महाशाखा बजेट तथा कार्यक्रम महाशाखासँग गाभिएपछि बस्यालको व्यवस्थापन गरिएको हो ।

यसैगरी कर कार्यालय क्षेत्र नं १ का तत्कालीन प्रमुख झलकराम अधिकारीको वन तथा वातावरण मन्त्रालयमा सरुवा भएको छ । अर्थ मन्त्रायले कर कार्यालयका तीनवटै क्षेत्र खारेज गरेपछि अधिकारीको सरुवा भएको हो ।

अर्थ मन्त्रालयअन्तर्गत नै महालेखा नियन्त्रकको कार्यालयका सहमहालेखा नियन्त्रक सुशील पाण्डेको सरुवा प्रदेश सभा सचिवालय प्रदेश नं १ मा भएको छ । उनको केही समयअघि मात्रै अर्थ मन्त्रालयको प्रशासन महाशाखाबाट महालेखा नियन्त्रकको कार्यालयमा सरुवा भएको थियो ।
यस्तै केही दिनअघि महालेखा नियन्त्रको कार्यालयमा सरुवा भएका मुकुन्दराज पन्थीको लोकसेवा आयोग वा अन्तर्गत रहने गरी काज सरुवा गरिएको छ । पन्थी कर कार्यालय क्षेत्र नं १ का प्रमुख थिए ।

उनको कार्यालय पनि खारेजीमा परेपछि अर्थले उनलाई तालिम केन्द्रमा पठाएको थियो । यस्तै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सहसचिव कृष्णप्रसाद दवाडीको शहरी विकास मन्त्रालयमा, शहरी विकासका राजेन्द्रकुमार पौडेललाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा, कृषि तथा पशुपंक्षी मन्त्रालयका दुर्गाप्रसाद दवाडीको कृषि मन्त्रालय प्रदेश नं ७ मा तथा कृषि मन्त्रालय प्रदेश नं ७ का हरिहर अधिकारीको संघीय सरकार कृषि तथा पशुपंक्षी मन्त्रालयमा सरुवा भएको छ ।

सामान्य प्रशासन मन्त्रालय अतिरिक्त समूहमा रहेका सहसचिव बेदबहादुर कार्कीको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा, निजामती किताबखानाका महानिर्देशक किशोरजंग कार्कीको लोकसेवा आयोगमा, प्रधानमन्त्री कार्यालयका सुशील ढकालको महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका वीरबहादुर राईको सामान्य प्रशासनमा सरुवा भएको छ ।

लोकसेवा आयोग धनकुटाका प्रमुख शोभाकान्त पौडेलको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा भएको छ । अर्थ मन्त्रालयको राजश्व व्यवस्थापन महाशाखा र त्यसअघि ठूला करदाता कार्यालयका प्रमुख रहेका उनी वर्तमान सरकार बन्ने बित्तिकै सरुवा मागेर लोकसेवा गएका थिए ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका ऋषिराज कोइरालाको शिक्षा, विज्ञान प्रविधि मन्त्रालयमा, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका नरेशकुमार चापागाईंको राष्ट्रिय योजना आयोगमा, शिक्षा, विज्ञान प्रविधि मन्त्रालयका रामआधार साहको सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा र शिक्षा, विज्ञान प्रविधि मन्त्रालयका ईमनारायण श्रेष्ठको सरुवा राष्ट्रिय युवा परिषदमा भएको छ ।

कर्णाली प्रदेश प्रमुखको कार्यालय सुर्खेतका सहसचिव जयनारायण आचार्य निजामती किताबखानामा आएका छन्। प्रदेशसभा सचिवालय प्रदेश नं १ का सहसचिव वासुदेव शर्माको सरुवा प्रदेश प्रमुखको कार्यालय प्रदेश नं २ धनुषामा र जिल्ला प्रशासन कार्यालय धनुषाका गोपालप्रसाद पराजुलीको आन्तरिक मामिला र कानुन मन्त्रालय प्रदेश नं १ विराटनगरमा सरुवा भएको सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

युवराज खतिवडा अर्थमन्त्री भएपछि ठूला करदाता कार्यालयको प्रमुखबाट हटाइएका गंगाराम गेलाल अहिले प्रदेश प्रमुखको कार्यालय कर्णाली सुर्खेत पुगेका छन् । उनको यसअघि सामान्य प्रशासनको अतिरिक्त समूहबाट आन्तरिक मामिला तथा कानुन मन्त्रालय प्रदेश नं १ विराटनगरमा सरुवा भएको थियो । विराटनगर हाजिर गर्न नगएपछि उनलाई सुर्खेत पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस
आज फुलपाती घर घरमा भित्राइदै

बडा दशैंको सातौं दिन आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्राइँदैछ । प्रत्येक वर्ष

कांग्रेस-एमालेबाहेकका दलसँग माओवादीले गठबन्धन गर्ने

    प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले मंसिर १६ गते हुने उपनिर्वाचनमा

सन्दीप विरुद्धको मुद्दामा महान्यायाधिवक्ता कार्यालयले पुनरावेदन नगर्ने

    महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा पुनरावेदन नगर्ने निर्णय गरेको

माधवको नेकपा एस फुटने पक्का, १०० बढी नेताको बिद्रोह

     नेकपा एसका नेताहरुले अध्यक्ष माधवकुमार नेपाललाई पार्टीको आन्तरिक एकता जोगाइ राख्न