नवनियुक्त दुई मन्त्रीलाई शितल निवासमा ४ बजे सपथ



हाम्रो इकोनोमि

 

नवनियुक्त दुई मन्त्रीलाई आज वेलुका ४ बजे राष्ट्रपति कार्यालय शितल निवासमा सपथ खुवाउने कार्यक्रम रहेको छ । प्रधानमन्त्री केपी ओलीले आज दुई मन्त्री नियुक्त गरेका छन् । कानुनमन्त्रीमा भानुभक्त ढकालर भूमिसुधार मन्त्रीमा पद्मा अर्याललाई नियुक्त गरेका हुन ।

 

यसअघि मन्त्री हुनेमा संसदीय दलका उपनेता सुवास नेम्वाङ, महान्यधिवक्ता अग्नि खरेल, , कृष्णभक्त पोखरेल, विरोध खतिवडा लगायतको चर्चा रहेको थियो । सरकारको बचाउ गर्ने सन्दर्भमा भुतले खाजा खाने बेलामा दिएको एक अभिव्यक्तिलाई अनावश्यक ढंगले राजनीतिकरण गरिएपछि कानुमन्त्री शेरबहादुर तामाङ राजीनामा दिएका थिए ।

 

मेडिकल शिक्षाका विषयमा दिएको अभिव्यक्तिका कारण विवादमा तानिएपछि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादर तामाङले राजीनामा दिएको लामो समय हुँदा पनि उनको राजीनामा स्विकृत गर्ने र अर्को मन्त्री नियुक्ती गर्ने काम भएको थिएन ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता...

सर्वपक्षीय सरकार माग्दै काठमाडौंमा जेनजीको प्रदर्शन

    सर्वपक्षीय सरकार सरकार गठनको माग गर्दै माइतीघरमा सोमबार प्रदर्शन भएको छ...

रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह

        राष्ट्रिय प्रजातन्त्र पार्र्टी (राप्रपा) काठमाडौं क्षेत्र नम्बर १ ले...

माइतीघरमा जेन-जीलाई तितरबितर पार्दै प्रहरी

    माइतीघरमा आन्दोलनका लागि भेला भएका जेन-जी प्रदर्शनकारीलाई प्रहरीले तितरबितर पारिरहेको छ...