कानुनमन्त्रीमा बिरोध खतिवडाको चर्चा, भानुभक्त ढकाल र कृष्णभक्त पोखरेलको नाम छैन ओलीको खल्तीमा



हाम्रो इकोनोमि

 

कानुनमन्त्रीमा बिरोध खतिवडाको चर्चामा आएसँगै भानुभक्त ढकाल, कृष्णभक्त पोखरेलको नाम ओलीको खल्तीबाट आउट भएको छ ।

 

सरकारको बचाउ गर्ने सन्दर्भमा भुतले खाजा खाने बेलामा दिएको एक अभिव्यक्तिलाई अनावश्यक ढंगले राजनीतिकरण गरिएपछि कानुमन्त्री शेरबहादुर तामाङ राजीनामा दिनुप¥यो ।

 

मेडिकल शिक्षाका विषयमा दिएको अभिव्यक्तिका कारण विवादमा तानिएपछि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादर तामाङले राजीनामा दिएको लामो समय हुँदा पनि उनको राजीनामा स्विकृत गर्ने र अर्को मन्त्री नियुक्ती गर्ने काम भएको छैन ।

 

नयाँ संविधान कार्यान्वयनका लागि पनि दर्जनौं ऐनकानुन निर्माण गर्नुपर्ने चटारो सो मन्त्रालयलाई भएको बेला रिक्त पदमा जान भने एमालेकै केही नेताहरु खुट्टा उचालेर बसेका छन् ।

 

तामाङले राजीनामा दिएलगत्तै नेकपाका नेता बिरोध खतिवडा, भानुभक्त ढकाल, कृष्णभक्त पोखरेललगायतको नाम सम्भावित कानुनमन्त्रीका रूपमा प्रचारमा आएको थियो । कानुन पृष्ठभूमि भएकाले पनि ती नाम चर्चामा आएका थिए ।

 

तर तीनमध्ये कसले बाजी मार्ने वा अर्को तेस्रो व्यक्ति सो पदमा पुग्ने भन्ने कुरा भने निश्चीत भएको छैन । संसदीय दलका उपनेता सुवास नेम्वाङ, महान्यधिवक्ता अग्नि खरेललगायतको समूहले चर्चामा आएका ती व्यक्तिलाई भन्दा अरुनै आफुले सुझाएको व्यक्ति कानुन मन्त्री बन्नुपर्ने धारणा प्रमसमक्ष राख्दै आएका छन् ।

उनीहरुले यि व्यक्तिलाई मन्त्री नबनाउन चलखेल बढाएको समेत पाटीभित्रैबाट आरोप लगाइएको छ ।

तामाङजस्तै कानुन पृष्ठभूमिकै व्यक्ति कानुनमन्त्री भयो भने सरकारमा आफ्नो भूमिका खुम्चिने भएकाले पनि अन्य पृष्ठभूमिको व्यक्तिको खोजी गरिएको बताइन्छ ।

 

चर्चामा आएमा मध्ये खतिवडा कानुनको राम्रो जानकार, कुशल वक्ता, अहिलेसम्म केही अवसर नपाएर पछि परेका व्यक्ति हुन् भने ढकाल पनि मन्त्रीका लागि राम्रो क्षमता राख्ने व्यक्तिमा पर्छन् । यसैगरी पोखरेलले पनि संविधानसभामा कानुन निर्माणमा ठुलो भुमिका निर्वाह गरेका थिए ।

स्रोतका अनुसार अहिले जनजातीको ठाँउमा जनजाती नै हुनुपर्छ भन्दै वसन्त नेम्वाङ र लीलानाथ श्रेष्ठमध्ये एकलाई ल्याउनुपर्ने लविङ समेत सुरु भएको छ ।

 

 

तर ३ नम्बर प्रदेशको कोटाबाट तामाङलाई हटाइएकाले ३ नम्बर प्रदेशकै खतिवडा यसमा उपयुक्त पात्र रहेको पार्टीका एकाथरी शिर्ष नेताको विष्लेशण छ । उनी केन्द्रीय सदस्य पनि हुन् ।

 

स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको चाहना तामाङजस्तै कानुनको ज्ञातालाई नै उक्त मन्त्रालयको जिम्मेवारी सुम्पिनेछ ।

मन्त्रालयगत काममा मन्त्री तामाङले अरू मन्त्रालयको तुलनामा धेरै राम्रो काम पनि गरेका थिए । त्यति मात्र होइन, सरकारको डिफेन्स गर्ने मामिलामा पनि उनी अरू मन्त्रीभन्दा एक कदम अगाडि नै थिए ।

प्रतिक्रिया दिनुहोस
एमालेकै कित्तामा उभिँदै कांग्रेस

    प्रतिनिधि सभा पुनःस्थापनाको मुद्दामा एमाले र कांग्रेस एकैठाउँमा उभिएका छन् ।...

कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता...

सर्वपक्षीय सरकार माग्दै काठमाडौंमा जेनजीको प्रदर्शन

    सर्वपक्षीय सरकार सरकार गठनको माग गर्दै माइतीघरमा सोमबार प्रदर्शन भएको छ...

रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह

        राष्ट्रिय प्रजातन्त्र पार्र्टी (राप्रपा) काठमाडौं क्षेत्र नम्बर १ ले...