दलित भन्दै बिन्दा विश्वकर्मालाई यसरी जागिरबाट निकालीयो, रुदै भनिन मैले पकाएको चिया र तातोपानीसमेत खाएनन्



हाम्रो इकोनोमि

 

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१ की बिन्दा विश्वकर्माले आफूलाई दलित भएकै कारण जागिरबाट निकालेको भन्दै कारबाहीको माग गरेकी छन् ।

 

दिक्तेलस्थित सरस्वती आवासीय विद्यालयमा कार्यरत कार्यालय सहयोगी विश्वकर्माले बिहीबार जिल्ला समन्वय समिति प्रमुख बबि चाम्लिङ र प्रमुख जिल्ला अधिकारी सुरेन्द्रराज पौडेलसमक्ष यस्तो माग गरेकी हुन् ।

 

विद्यालयका प्रधानाध्यापक रोशन ढकाल र सहायक प्रधानाध्यापक ललितकुमार बस्नेतले आफूलाई दलित भएकै कारण जबर्जस्ती जागिरबाट निकालेको उनले बुझाएको ज्ञापनपत्रमा उल्लेख छ । “रोशन सर र ललित सरले मैले पकाएको चिया र तातोपानीसमेत खानुहुन्नथ्यो ।” ज्ञापनपत्रमा भनिएको छ, “उहाँहरू दुवैलाई जातीय विभेदसम्बन्धी कारबाही गरिदिनुप¥यो ।”

 

ज्ञापनपत्र बुझ्दै जिल्ला समन्वय समितिका प्रमुख चाम्लिङले दुवै पक्षलाई राखेर समस्या समाधान गर्ने बताए । “विश्वकर्मामाथि जातीय विभेद र जालसाजी दुवै भएको देखिन्छ ।” उनले भने, “घटना गम्भीर भएकाले थप अनुसन्धान गरेर कारबाहीको प्रक्रिया अगाडि बढाउने तयारीमा छौं।”

 

लामो समयदेखि सो विद्यालयमा कार्यालय सहयोगीको काम गर्दै आएकी विश्वकर्मालाई गत जेठ २७ गतेबाट हटाइएको ज्ञापनपत्रमा उल्लेख छ । विश्वकर्मालाई हटाएलगत्तै उहाँको ठाउँमा विद्यालयले अर्को व्यक्ति नियुक्त गरेको पाइएको छ ।

आफूलाई हटाएर अर्को व्यक्तिलाई राखेको थाहा पाएपछि विद्यालयमा बुझ्न जाँदा उल्टै हप्काएर पठाएको उनले बताइन् । घटनाबारे प्रधानाध्यापक ढकाल र सहायक प्रधानाध्यापक बस्नेत दुबैसँग बुझ्न सम्पर्क  हुन सकेन ।

प्रतिक्रिया दिनुहोस
एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...

कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी...

देउवा पक्षको अधिवेशनमा जानेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया चलिरहेका बेला पार्टीको आधिकारिक प्रक्रियाबाहिर हुने...