१४९ जना बोकेको जेट एयरवेज रनवेमै चिप्लियो



हाम्रो इकोनोमि

 

साउदी अरेबियाबाट भारतको मुम्बईका लागि उड्दै गरेको जेट एयरवेजको विमान ठूलो दुर्घटनाबाट जोगिएको छ । रियादबाट टेकअफ लिँदै गर्दा समस्या आएपछि रनवेमै चिप्लेको हो ।

विमानले गति लिँदै गर्दा अचानक रनवेबाट चिप्लिए पनि विमानमा रहेका १४९ जना सुरक्षित रहेका छन् । विमानमा १४२ यात्री र ७ चालक दलका सदस्य थिए ।

जेट एयरवेजले जारी गरेको बयानमा भनिएको छ –रियादबाट मुम्बई जाने ९ डब्लु ५२३ विमानबाट सबै यात्रु र चालक दलका सदस्यलाई सकुशल निकालेर टर्मिनल भवनमा लगिएको छ ।’

यता, मुम्बईबाट दुबई जाने विमानमा पनि समस्या आएको छ । छत्रपति शिवाजी अन्तर्राष्ट्रिय विमानस्थलबाट दुवई जाने एयर इन्डियाको विमानमा पनि समस्या आउँदा १५० यात्रुले एयरपोर्टमै हंगामा गरेका छन् ।

उनीहरुको एयर इन्डियाका कर्मचारीसंग भनाभनसमेत भएको छ । बिहिबार राति ८ बजे एआई–९८३ विमान दुबई जानुपर्ने थियो ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...