१४९ जना बोकेको जेट एयरवेज रनवेमै चिप्लियो



हाम्रो इकोनोमि

 

साउदी अरेबियाबाट भारतको मुम्बईका लागि उड्दै गरेको जेट एयरवेजको विमान ठूलो दुर्घटनाबाट जोगिएको छ । रियादबाट टेकअफ लिँदै गर्दा समस्या आएपछि रनवेमै चिप्लेको हो ।

विमानले गति लिँदै गर्दा अचानक रनवेबाट चिप्लिए पनि विमानमा रहेका १४९ जना सुरक्षित रहेका छन् । विमानमा १४२ यात्री र ७ चालक दलका सदस्य थिए ।

जेट एयरवेजले जारी गरेको बयानमा भनिएको छ –रियादबाट मुम्बई जाने ९ डब्लु ५२३ विमानबाट सबै यात्रु र चालक दलका सदस्यलाई सकुशल निकालेर टर्मिनल भवनमा लगिएको छ ।’

यता, मुम्बईबाट दुबई जाने विमानमा पनि समस्या आएको छ । छत्रपति शिवाजी अन्तर्राष्ट्रिय विमानस्थलबाट दुवई जाने एयर इन्डियाको विमानमा पनि समस्या आउँदा १५० यात्रुले एयरपोर्टमै हंगामा गरेका छन् ।

उनीहरुको एयर इन्डियाका कर्मचारीसंग भनाभनसमेत भएको छ । बिहिबार राति ८ बजे एआई–९८३ विमान दुबई जानुपर्ने थियो ।

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...