सांसद निरु पाल धम्की प्रकरणमा शंकास्पद ८० जना नियन्त्रणमा, सादा पोशाकका ८० प्रहरीले यसरी खोज्दैछन् दोषी



हाम्रो इकोनोमि

 

 

सांसद निरु पाललाई पेस्तोल देखाएर धम्की दिएको विषयमा प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

 

अनुसन्धानका क्रममा प्रहरीले काठमाडौंका विभिन्न ठाउँबाट ७५ जनालाई नियन्त्रणमा लिई सोधपुछ सुरु गरेको छ ।

 

घटनामा संलग्नको खोजीका लागि प्रहरीले काठमाडौमा रहेका ८० जना सादा पोशाकका प्रहरी परिचालन गरेको जनाएको छ ।

 

यस कार्यमा वानेश्वर वृत्तका डीएसपी गोविन्दराज काफ्ले र महानगरीय प्रहरी परिसर काठमाडौंका सादा पोशाकका प्रहरी निरीक्षक अनिल ठकुरी पनि खटिएका परिसरले जनाएको छ । घटनाको अनुसन्धानका लागि काठमाडौंका प्रहरी प्रमुख एसएसपी विश्वराज पोखरेल बिहीबार आफै वानेश्वर वृत्तमा आएका छन् ।

 

साउन १५ गते बेलुका ८ बजे नेपाल कम्युनिस्ट पार्टीकी सांसद निरु पाललाई काठमाडौंको बानेश्वरमा नचिनेका मानिसहरुले सांघातिक आक्रमण र पेस्तोल ताकेर धम्की दिएको घटना सार्वजनिक भएको थियो ।

 

सांसद पालले बुधबार संसदीय सुनुवाइ समिति र बिहीबार संसदमा यस विषयमा जानकारी नै गराएकी छन् । काठमाडौंमा सांसदमाथि नै आक्रमण भएको घटना बाहिर आएपछि प्रहरी सक्रियताका साथ अनुसन्धानमा लागेको हो ।

 

प्रतिक्रिया दिनुहोस
नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...

नीति र नेतृत्वलाई जनताले अस्वीकार गरे : योगेश

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले हालै सम्पन्न निर्वाचनको परिणामले पार्टीको नीति...

कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन

    गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी...

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

    प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा (एमाले)का उमेदवार क्षितिज थेबे विजयी भएका...