सांसद निरु पाल धम्की प्रकरणमा शंकास्पद ८० जना नियन्त्रणमा, सादा पोशाकका ८० प्रहरीले यसरी खोज्दैछन् दोषी



हाम्रो इकोनोमि

 

 

सांसद निरु पाललाई पेस्तोल देखाएर धम्की दिएको विषयमा प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

 

अनुसन्धानका क्रममा प्रहरीले काठमाडौंका विभिन्न ठाउँबाट ७५ जनालाई नियन्त्रणमा लिई सोधपुछ सुरु गरेको छ ।

 

घटनामा संलग्नको खोजीका लागि प्रहरीले काठमाडौमा रहेका ८० जना सादा पोशाकका प्रहरी परिचालन गरेको जनाएको छ ।

 

यस कार्यमा वानेश्वर वृत्तका डीएसपी गोविन्दराज काफ्ले र महानगरीय प्रहरी परिसर काठमाडौंका सादा पोशाकका प्रहरी निरीक्षक अनिल ठकुरी पनि खटिएका परिसरले जनाएको छ । घटनाको अनुसन्धानका लागि काठमाडौंका प्रहरी प्रमुख एसएसपी विश्वराज पोखरेल बिहीबार आफै वानेश्वर वृत्तमा आएका छन् ।

 

साउन १५ गते बेलुका ८ बजे नेपाल कम्युनिस्ट पार्टीकी सांसद निरु पाललाई काठमाडौंको बानेश्वरमा नचिनेका मानिसहरुले सांघातिक आक्रमण र पेस्तोल ताकेर धम्की दिएको घटना सार्वजनिक भएको थियो ।

 

सांसद पालले बुधबार संसदीय सुनुवाइ समिति र बिहीबार संसदमा यस विषयमा जानकारी नै गराएकी छन् । काठमाडौंमा सांसदमाथि नै आक्रमण भएको घटना बाहिर आएपछि प्रहरी सक्रियताका साथ अनुसन्धानमा लागेको हो ।

 

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...