जु्वा खेल्दै गरेका १७ जना कोजिन गेष्ट हाउसबाट पक्राउ



हाम्रो इकोनोमि

 

 

काठमाडौंको जडिबुटी चोकस्थित कोजिन गेष्ट हाउसबाट प्रहरीले आज १७ जनालाई पक्राउ गरेको छ ।

 

प्रहरीले उनीहरुलाई छापा हानी नियन्त्रणमा लिएको हो गेष्ट हाउसको कोठा नम्बर २०६ मा जुवा (कौडा) खेलिरहेका गेष्ट हाउस सञ्चालक रामेछाप नाम्दी–४ घर भएका २० वर्षीय भुवन खड्कासहितका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

 

जुवा खालबाट प्रहरीले ४ लाख २० हजार ५५० रुपैयाँ तथा कौडा १५ थानसहित प्रहरीले बुधबार पक्राउ गरेको छ । सो गेष्ट हाउसमा नियमित रुपमा जुवा खेलाइने गरेको सूचनाका आधारमा प्रहरीले छापा हानेको हो । पेशेवर रुपमा नै त्यहाँ जुवा खेलाइने गरिएको प्रहरीको दावी छ ।

 

प्रतिक्रिया दिनुहोस
इन्टरपोलमार्फत देउवा दम्पतीलाई नेपाल ल्याउने तयारी

    पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा, उनकी पत्नी एवं पूर्वपरराष्ट्रमन्त्री डा....

सरकारले बढायो गाडी भाडा

    सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ । इन्धनको मूल्यमा भएको उत्तारचढाव...

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

    पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा...

वाणिज्य बैंकहरुको नाफामा बृद्धि

    चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा वाणिज्य बैंकहरुले ४३ अर्ब ८८ करोड...