सामान्य अंकले घट्यो शेयर बजार



हाम्रो इकोनोमि

शेयर बजारमा आज सामान्य गिरावट आएको छ ।

शेयर बजार मापक नेप्से परिसूचक आज २.५६ बिन्दुले घटेर एक हजार १९१.३१ बिन्दुमा पुगेको छ । ‘क’ वर्गका कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.४१ बिन्दुले घटेर २५१.१५ बिन्दुमा पुगेको छ ।

स्टकका अनुसार कूल १६२ कम्पनीको छ लाख ७२ हजार ३६८ कित्ता शेयर रु २० करोड ७९ लाख २१ हजार ४७० मूल्यमा खरीद बिक्री भएको छ । कूल १० उपसमूहमध्ये आज दुई उपसमूहको शेयर बढेको छ भने आठ उपमूहको शेयर उकालो लागेको छ ।

बैंकिङ ०.७३ र उत्पादन समूह १.१७ बिन्दुले बढ्दा होटल २.२५, विकास बैंक ८.२७, जलविद्युत् १.५६, वित्त १.९६, निर्जीवन बीमा ५७.३७, अन्य ४.३९, माइक्रोफाइनान्स १०ं७२, बीमा २६.०६ बिन्दुले घटेको छ ।

यस्तै स्टकमा एनएमबी बैंकले शेयर मूल्य समायोजन गरेको जानकारी गराएको छ । बैंकले रु ३१७.३९ प्रतिकित्ता शेयरमा १५ प्रतिशत बोनस शेयरसमेत थप गरेको छ । बैंकको शेयरको आधारभूत मूल्य रु ३९१.७ कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस
भिसा इन्टरनेशनलको तीन अवार्डद्वारा नबिल बैंक सम्मानित

    नबिल बैंकले भिसा इन्टरनेशनलद्वारा प्रदान गरिने तीन वटा महत्वपूर्ण विधामा अवार्ड...

नबिल बैंक र नेपाल इन बिजनेश – ग्रोथबीच साना तथा मझौला रणनीतिक साझेदारी

  = नबिल बैंक र नेपाल इन बिजनेश – ग्रोथ अड्भाइजर्स (एनआइबी–जिए) बीच...

१३ शाखामा नबिल बैंकको अपोइन्टमेन्ट बैंकिङ सेवा विस्तार

  नबिल बैंक लिमिटेडले अपोइन्टमेन्ट बैंकिङ सेवा विभिन्न शाखामा विस्तार गरेको छ ।...

आजका विदेशी मुद्राको विनिमयदर

    नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ...