सामान्य अंकले घट्यो शेयर बजार



हाम्रो इकोनोमि

शेयर बजारमा आज सामान्य गिरावट आएको छ ।

शेयर बजार मापक नेप्से परिसूचक आज २.५६ बिन्दुले घटेर एक हजार १९१.३१ बिन्दुमा पुगेको छ । ‘क’ वर्गका कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.४१ बिन्दुले घटेर २५१.१५ बिन्दुमा पुगेको छ ।

स्टकका अनुसार कूल १६२ कम्पनीको छ लाख ७२ हजार ३६८ कित्ता शेयर रु २० करोड ७९ लाख २१ हजार ४७० मूल्यमा खरीद बिक्री भएको छ । कूल १० उपसमूहमध्ये आज दुई उपसमूहको शेयर बढेको छ भने आठ उपमूहको शेयर उकालो लागेको छ ।

बैंकिङ ०.७३ र उत्पादन समूह १.१७ बिन्दुले बढ्दा होटल २.२५, विकास बैंक ८.२७, जलविद्युत् १.५६, वित्त १.९६, निर्जीवन बीमा ५७.३७, अन्य ४.३९, माइक्रोफाइनान्स १०ं७२, बीमा २६.०६ बिन्दुले घटेको छ ।

यस्तै स्टकमा एनएमबी बैंकले शेयर मूल्य समायोजन गरेको जानकारी गराएको छ । बैंकले रु ३१७.३९ प्रतिकित्ता शेयरमा १५ प्रतिशत बोनस शेयरसमेत थप गरेको छ । बैंकको शेयरको आधारभूत मूल्य रु ३९१.७ कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

    नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’को धितोपत्रको दोस्रो...

७४ अंक घट्यो सेयर बजार

    बुधबार सेयर बजारको परिसूचक नेप्से ७४.७३ अंक घटेको छ । सो...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...