विदुर नगरपालिकाले करको दर घटायो



हाम्रो इकोनोमि

विदुर नगरपालिकाले एकीकृत सम्पत्ति करको दर कटौती गरेको छ ।

बुधबार प्रकाशित गरेको स्थानीय राजपत्रमा नगरपालिकाको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको ऐन अनुसार नगरपालिकाले लगाउने भनी तय गरेको एकीकृत सम्पत्ति करको दरमा कटौती गरेको हो । सम्पत्तिको मूल्यांकन बढेकाले करको दरमा वृद्धि हुन आएकाले दरलाई समायोजन गरी स्थानीय राजपत्रमा प्रकाशित गरिएको विदुर नगरपालिकाका प्रमुख सन्जु पण्डितले बताउनुभयो ।

विसं २०७१ मा तत्कालीन नगरपरिषद्ले पारित गरेको एकीकृत सम्पत्ति करको दरलाई अहिले कार्यान्वयन गर्ने तयारी गरेपछि कर फिर्ताको माग गर्दैै विरोध भएको थियो । नगरक्षेत्रको सम्पत्तिको मूल्यांकन वृद्धि भएकाले पुरानो करको दरलाई संशोधन गरी घटाएको पण्डितले बताउनुभयो ।

सम्पत्तिको मूल्यांकन घटाउँदा नागरिकले पाउने सुविधामा प्रभाव पर्ने भन्दै सम्पत्तिको मूल्यांकन पहिलेकै कायम गरी तिर्नुपर्ने करको दरमा परिवर्तन गरिएको विदुर नगरपालिकाका वरिष्ठ कार्यक्रम अधिकृत पुष्कर शर्मा रिमालले बताउनुभयो । यसअघि रु २०० देखि रु ५० हजारसम्म एकीकृत सम्पत्ति कर नगरपालिकालाई बुझाउनु पर्ने दर राखिएको थियो । परिवर्तित दरअनुसार अब रु २०० देखि रु १५ हजारसम्म मात्र कायम गरिएको छ । सबैभन्दा कम रु एक लाख देखि रु पाँच लाखसम्म सम्पत्तिको मूल्यांकन भएका नागरिकले वार्षिक रु २०० कर तिर्नुपर्छ भने सबैभन्दा बढी रु चार करोडदेखि रु पाँच करोडसम्म सम्पत्तिको मूल्यांकन भएकाले रु १५ हजार कर तिर्नुपर्ने छ ।

यस्तै रु पाँच करोडभन्दा माथि सम्पत्ति मूल्यांकन भएकाको हकमा प्रतिहजारमा ५० पैसा कर कायम गरिएको रिमालले बताउनुभयो । एकीकृत सम्पत्ति करमाफर्त सबै नगरवासीलाई करको दायरामा समेट्न पहिलेको दरलाई समायोजन गरिएको हो । चालू आवदेखि लागू हुने करमा एकीकृत सम्पत्ति करसहित, ढुंगा, गिट्टी बालुवा, माटोलगायत कर पनि समेटिएको छ । विदुर नगरपालिकाको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको ऐनमा होटेल, घर निर्माण, नक्सापासलगायत विविध कर समेटिएको छ ।

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

    नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’को धितोपत्रको दोस्रो...

७४ अंक घट्यो सेयर बजार

    बुधबार सेयर बजारको परिसूचक नेप्से ७४.७३ अंक घटेको छ । सो...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...