कैलालीको लम्कीचुहा नगरपालिका–८ गर्कामा दुर्घटनामा एकको मृत्यु, सात घाइते



हाम्रो इकोनोमि

 

कैलालीको लम्कीचुहा नगरपालिका–८ गर्कामा आज बिहान गाडीको ठक्करबाट एक जना साइकल यात्रुको मृत्यु भएको छ ।

पूर्व पश्चिम राजमार्गअन्तर्गत नेपालगन्जबाट धनगढीतर्फ जाँदै गरेको भे१ज ६३५ नंको हायसले ठक्कर दिँदा सोही नगरपालिका–९ खुमरियाका ६५ वर्षीय पञ्चराम चौधरीको टीकापुर अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको कैलालीका प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीले जानकारी दिनुभयो ।

साइकल यात्रु चौधरीको बाटो काट्ने क्रममा हायसले ठक्कर दिँदा मृत्यु भएको प्रहरी नायब उपरीक्षक वलीले बताउनुभयो ।

हायसमा सवार सात जना यात्रु रहेको र उनीहरु सामान्य घाइते भई टीकापुरस्थित रत्न अस्पतालमा उपचार भइरहेको बताइएको छ । चालक र गाडी दुवैलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान थालेको छ ।फाईल तस्विर

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...