बिराटनगरको भारतीय ‘क्याम्प’ आजदेखि बन्द, सबै काम अब काठमाडौंबाटै



 

भारतले बिराटनगरमा एक दशकदेखि अवैधानिकरुपमा सञ्चालन गरिरहेको क्याम्प  बुधबारदेखि बन्द गरेको छ ।

भारतले १० वर्षअघि नेपाल सरकारको अनुमतिविनै सो कार्यालय स्थापना गरेको थियो ।

 

भारतीय दुतावासले एक प्रेस विज्ञप्ति जारी गरेर आज अर्थात अगस्ट १ देखि बिराटनगरको क्याम्प अफिसले गर्दै आएका सबै काम काठमाडौंस्थित दूताबासबाटै हुने जनाएको छ ।

 

सप्तकोशीको बाँध फुटेपछि त्यसैको बाहनामा ०६५ भदौ ४ गते भारतले क्याम्प अफिस खडा गरेको थियो । सो समयमा कोशी पुल प्रयोग गर्न नसक्ने भएपछि सुनसरीमा अस्थायी क्याम्प खडा गरिएको थियो । नेपाली गाडीले भारतीय बाटो प्रयोग गर्नुपर्ने भएकाले रुट परमिटका लागि उक्त कार्यालय खोलिएको थियो । तर, त्यसलाई पछि बिराटनगरमा सारियो र बलजफ्ती राखियो ।

 

कोशी पुल सुचारु भएको एक दशक बित्न लाग्दा पनि भारतीय कार्यालय बन्द हुन सकेको थिएन । परराष्ट्र मन्त्रालयले यसअघि सो क्याम्प हटाउन भारतीय दूतावासलाई पत्राचार गर्दासमेत भारतले टेरेको थिएन ।

 

भारतीय क्याम्प अफिसले बाहिरीरुपमा एकखाले काम गर्ने भने पनि भित्रीरुपमा चाहिँ नेपालको आन्तरिक मामिलामा जासुसीसमेत गर्दै आएको सरकारी अधिकारीहरुले सूचना पाएका थिए

 

नेपाल सरकारको अनुमतिविनै खोलिएको यो क्याम्पबाट रिटायर्ड लाहुरेहरूको पेन्सन दिने, नवीकरण गर्ने, सवारी परमिट दिने, भारत पढ्न जाने विद्यार्थीका लागि अनुमति दिनेदेखि धार्मिक पर्यटकको लागि परमिट दिनेसम्मको काम हुँदै आएको थियो । अब ती सबै काम काठमाडौंबाटै हुने दूताबासले जनाएको छ ।

 

भारतीय क्याम्प अफिसले बाहिरीरुपमा एकखाले काम गर्ने भने पनि भित्रीरुपमा चाहिँ नेपालको आन्तरिक मामिलामा जासुसीसमेत गर्दै आएको सरकारी अधिकारीहरुले सूचना पाएका थिए ।

 

उत्तरमा चिनियाँ नाकासम्मको गतिविधि नियाल्नेदेखि पूर्वी नेपालमा राजनीतिक चलखेलसम्मका गतिविधि बिराटनगरस्थित भारतीय क्याम्प अफिसबाट हुँदै आएको नेपाली पक्षको गुनासो रहँदै आएको थियो ।

 

यही क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणमा जाँदा बिराटनगरको फिल्ड अफिस हटाउन भारतीय पक्षसँग कुराकानी गरेका थिए ।

 

यसैवीच भारतीय दूताबासले आजदेखि क्याम्प अफिस हटाउने सूचना जारी गरे पनि मोरङका सहायक प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले भने दुतावासको क्याम्प अफिसको सेवा बन्द गरिएको आधिकारिक जानकारी अहिलेसम्म नआएको बताए ।

प्रतिक्रिया दिनुहोस
राज्य व्यवस्था समितिको बैठकमा प्रधानमन्त्री नजाने

     प्रधानमन्त्री केपी शर्मा ओली राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सहभागी

तराइ मधेश समृद्धि कार्यक्रमका लागि दरबन्दी स्वीकृत, तीनवटा कार्यालय खारेज

    सरकारले तराइ मधेश समृद्धि कार्यक्रमका लागि तीन जनाको दरबन्दी स्वीकृत गरेको

सरकारले चुच्चे नक्सा अंकित १०० को नयाँ नोट छाप्ने

    नेपाल राष्ट्र बैंकले चुच्चे नक्सा अंकित १०० रुपैयाँ दरको नयाँ नोट

रवि लामिछानेमाथि इजलासमा दुर्व्यवहार भएको छैन : कास्की प्रहरी

    कास्की प्रहरीले सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति