सशस्त्र प्रहरीको संघीय संरचनामा यस्तो हुदैछ पुनर्संरचना, एकैपटक युनिटै सरुवा गर्ने व्यवस्था



 

‘सशस्त्र प्रहरी बलमा सांगठनिक पुनर्संरचना सम्बन्धमा संक्षिप्त संगठन तथा व्यवस्थापना सर्वेक्षण २०७५’ मन्त्रीपरिषद् स्तरीय निर्णयबाट स्वीकृत भएपछि पुनर्संरचना थालिएको हो ।

 

सशस्त्र प्रहरीका नायब महानिरीक्षक (डिआईजी) बाबुराम पाण्डेका अनुसार संगठनको हाल विद्यमान ५ वटा बाहिनीहरुलाई वद्धि गरेर ७ वटै प्रदेशमा विस्तार गरिएको छ ।

 

मंगलबार सशस्त्र मुख्यालय, हल्चोकमा पत्रकार सम्मेलन गरेर पाण्डेले ७ वटै प्रदेशमा बाहिनी राख्ने प्रक्रिया थालिएको बताएका हुन् । ‘७ वटै प्रदेशसहित उपत्यकामा थप एउटा गरी ८ वटा बाहिनी संगठनमा रहनेछ’, पाण्डेले भने, ‘सीमा सुरक्षा कार्यालयहरुमा रहेका जनशक्तिको संख्यामा वृद्धि गरी ६ सय २१ पुर्‍याइनेछ ।’

 

हाल सीमा सुरक्षा कार्यालयहरुमा सशस्त्रका २ सय ३७ अधिकारीहरु कार्यरत् रहँदै आएका छन् । पाण्डेका अनुसार नयाँ संरचनामा तालिम केन्द्रको संख्यामा पनि वृद्धि हुनेछ । ‘हाल रहेका तालिम केन्द्रहरुलाई यथावत राखेर सबै प्रदेशमा तालिम केन्द्र रहने गरी थप ५ तालिम केन्द्र स्थापना हुनेछन्’, पाण्डेले भने ।

 

\हाल रहेका ३८ अनाश्रित गुल्महरुको संख्यामा पनि वृद्धि भएको छ । ‘अनाश्रित गुल्महरुको संख्यालाई बढाएर ५६ वटा पुर्‍याइएको छ भने १७ स्थानमा आश्रित गुल्महरु स्थापना गरेर सबै जिल्लाहरुमा सशस्त्र प्रहरी बल परचालित हुनेछन्’, केन्द्रीय प्रवक्ता समेत रहेका उनले भने ।

 

त्यस्तै, सशस्त्र प्रहरीले बोर्डर आउट पोष्टको संख्या पनि बढाउने भएको छ । हाल रहेका ८७ बीओपीहरुलाई अन्तर्राष्ट्रिय मान्यता अनुसार गणबाट परिचालित हुने गरी बीओपीहरुको संख्यालाई कायम राखेर थप बीओपीहरु स्थापना गरी सीमावर्ती इलाकाहरुमा परिचालन गर्ने तयारी रहेको बताइएको छ ।

 

सशस्त्र प्रहरीको इकाईहरु ९तालिम शिक्षालय बाहेक० ८ स्थानामा रहेका बाहिनीको कमाण्डमा परिचान हुने समेत व्यवस्था गरिएको छ । जिल्लामा रहेका सबै गुल्म तथा पोष्टहरुको कमण्डको जिम्मा जिल्लास्थित सशस्त्र प्रहरी गणको हुनेछ ।

 

केन्द्रमा सशस्त्र प्रहरी बल महिला गुल्मको स्थापना गरेर प्रत्येक बाहिनीमा १र१ से।मु। नफ्रीमा महिला प्रहरी कर्मचारी खटाउने तयारी भएको छ । डिआईजी पाण्डेले हाल प्रदेश १ र ६ मा रहेको क्षेत्रीय अस्पतालहरुलाई भविष्यमा सबै प्रदेशमा रहने गरी विस्तार गर्ने योजना रहेको पनि बताए ।

एकैपटकमा युनिटै सरुवा 

सशस्त्र प्रहरीको नयाँ व्यवस्था अनुरुपम अब एकै पटक युनिटै सरुवा गरिने डिआईजी पाण्डेले बताए । ‘नयाँ व्यवस्था अनुरुप अब युनिटै सरुवा प्रणाली लागू हुनेछ’, पाण्डेले भने ।

हाल एकरएक जना सरुवा हुने परिपाटी रहँदा कतिपय व्यक्ति एउटै कार्यालयमा लामो समयसम्म बस्ने गरेको भन्दै आलोचना हुने गरेको थियो । त्यसरी युनिटै सरुवा गर्दा सहायक निरीक्षकसम्मको सरूवा हुने बताइएको छ ।

यो व्यवस्थाले सांठनिक संरचना तथा चेन अफ कमाण्ड मजबुत हुने सशस्त्रका अधिकारीहरुले विश्वास व्यक्त गरेका छन् ।

‘नयाँ व्यवस्थाले सशस्त्र प्रहरी कर्मचारीहरुको वृत्ति विकासमा सहयोग पुग्नुका साथै अवसरको समान र न्यायोचित वितरण हुने अवस्था सिर्जना गर्ने हाम्रो विश्वास छ’, पाण्डे भन्छन्, ‘कमाण्डमा रहेका सशस्त्र प्रहरी अधिकृतहरुलाई थप जिम्मेवार बनाउन पनि सकिनेछ ।’

 

प्रतिक्रिया दिनुहोस
कांग्रेस-एमालेबाहेकका दलसँग माओवादीले गठबन्धन गर्ने

    प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले मंसिर १६ गते हुने उपनिर्वाचनमा

सन्दीप विरुद्धको मुद्दामा महान्यायाधिवक्ता कार्यालयले पुनरावेदन नगर्ने

    महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा पुनरावेदन नगर्ने निर्णय गरेको

माधवको नेकपा एस फुटने पक्का, १०० बढी नेताको बिद्रोह

     नेकपा एसका नेताहरुले अध्यक्ष माधवकुमार नेपाललाई पार्टीको आन्तरिक एकता जोगाइ राख्न

पुण्य गौतममाथि सांघातिक आक्रमण, आइसीयूमा उपचार हुदै

    सामाजिक अभियन्ता पुण्य गौतममाथि सांघातिक आक्रमण भएको छ । हिजो राति