रोजगारीका लागि उत्तर कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने यसरी परे प्रहरीको फन्दामा



हाम्रो इकोनोमि

 

सरकारले वैदेशिक रोजगारीका लागि भनेर अहिलेसम्म ११० वटा देशलाई मान्यताप्राप्त सूचीमा राखेको छ । मान्यता दिएर पनि केही देशहरु अहिले सरकारको कालोसूचीमा रहेका छन् । ती हुन् अफगानिस्तान, लिविया, इराक लगायत ।

कालोसूचीमा रहेका देशहरुमा अहिले रोजगारीका लागि पठाउन पाइँदैन । उत्तर कोरिया भने अहिलेसम्म रोजगारीका लागि खुला नै नगरिएको देशमा पर्छ । तर उत्तर कोरियामा आकर्षक रोजगारीका लागि पठाइदिन्छु भनी ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले उत्तर कोरिया पठाइदिन्छु भनी रकम लिएर ठगी गर्ने ३ जनालाई पक्राउ गरेको छ । ब्यूरोको प्रवक्ता प्रहरी उपरीक्षक कृष्ण हरि शर्माका अनुसार उत्तर कोरिया पठाइदिन्छु भनी रकम बुझाएका १३ जना अहिलेसम्म सम्पर्कमा आएका छन् ।

 

“उत्तर कोरिया रोजगारीका लागि पठाइदिन्छु भनी ठगी गर्ने समूहका तीन जनालाई पक्राउ गरेका छौं,” उनले भने, “पहिले २ जना ठगिएको उजुरी आएको थियो, अहिले १२–१३ जना पुगेका छन् । अरु पनि सम्पर्कमा आउँदैछन् ।”

पक्राउ पर्नेमा सिन्धुली पुरानो झागली ७ का दिनेश भन्ने रामबहादुर थापा, मकवापुर फापरबारी ४ का दिनेश श्रेष्ठ र मकवानपुरकै कल्पना ढुंगानालाई प्रहरीले पक्राउ गरेको छ ।

“उत्तर कोरियास्थित कृषि फर्ममा राम्रो रोजगारीको अवसर छ भनी प्रतिव्यक्ति ७ लाख लाग्छ भनी सर्वसाधारण नागरिकहरुलाई झुक्यानमा पारी ठगी गरेको विशेष सूचनाको आधारमा अनुसन्धान तथा खोजतलास गर्दै जाँदा कपन र महाराजगञ्जबाट पक्राउ गरि अनुसन्धान जारी राखिएको छ,” प्रहरी उपरीक्षक शर्माले भने,“उनीहरुले प्रतिव्यक्ति ५ लाख रुपैयाँ लिइ ठगी गरेको पाइएको छ ।”

प्रहरी उपरीक्षक शर्माले उत्तर कोरिया रोजगारीका लागि पठाइदिन्छु भनी ठगी गर्ने गिरोह पहिलोपटक पक्राउ गरिएको बताए । साथै दिनेश भन्ने रामबहादुर थापा र कल्पना ढुंगानाले रोजगारीका लागि अष्ट्रेलिया, पोल्याण्ड, दक्षिण अफ्रिका लगायतका देशमा पठाइदिन्छु भनी अहिलेसम्म ४२ लाख रकम लिइसकेको खुलेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस
रास्वपा उम्मेदवारको गाडीको ठक्करबाट रौतहट बालिकाको मृत्यु

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रौतहट २ का उम्मेदवार सगिर आलमको...

ढुक्कैसँग निर्वाचन हुन्छ, कसैले बिथोल्न सक्दैन : आयोग

    कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले शान्तिपूर्ण निर्वाचनको वातावरण बनेको बताएका...

कसैसँग गठबन्धन गर्दैनौं : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गते हुने...

बाबुराम भट्टराईलाई पितृशोक

     पूर्व प्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)का संरक्षक डा. बाबुराम भट्टराईलाई पितृशोक...