नयाँ ब्यालेस्टिक मिसाइल बनाउँदै उत्तर कोरिया, ट्रम्प–किम सम्बन्ध खतरामा



हाम्रो इकोनोमि

 

उत्तर कोरियाले नयाँ ब्यालेस्टिक मिसाइल बनाउँदै गरेको खबर आएको छ । अमेरिकासँग पछिल्लो समय विकास हुँदै गरेको न्यानो सम्बन्धका बाबजुद उत्तर कोरियाले नयाँ ब्यालेस्टिक मिसाइल बनाइरहेको अमेरिकी पत्रिकार वासिङ्गटन पोस्टले दाबी गरेको छ ।

 

गएको जुनमा सिंगापुरमा भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ–उनबिचको ऐतिहासिक वार्तापछि दुई देशबिचको सम्बन्ध सुधार हुँदै गएको देखिएको छ ।

 

दुई नेताबिच उत्तर कोरियाको परमाणु निशस्त्रिकरण सम्बन्धमा सहमति बनेको थियो । केही समयअघि मात्रै उत्तर कोरियाले परमाणु निशस्त्रिकरणको प्रक्रिया सुरु गरेको र त्यसक्रममा मिसाइल परीक्षण क्षेत्र नष्ट गरेको खबर आएको थियो ।

 

तर अहिले आएर उत्तर कोरियाले नयाँ ब्यालेस्टिक मिसाइल बनाइरहेको दाबी गरिएको छ । स्याटेलाइटबाट लिइएको तस्बिरमा उत्तर कोरियाको परमाणु परीक्षण क्षेत्रमा ब्यालेस्टिक मिसाइल बनाइरहेको देखिएको नाम नखुलाइएका अमेरिकी अधिकारीलाई उद्धृत गर्दै वासिङ्गटन पोस्टले खबर छापेको छ ।

 

ब्यालेस्टिक मिसाइल निर्माणको काम कुन चरणमा पुगेको छ भन्ने नखुलेको एक अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ ।

 

सोमबार वासिङ्टन पोस्टले एक अधिकारीलाई उद्धृत गर्दै उत्तर कोरियाले एक वा दुईवटा अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल बनाइरहेको खबर छापेको छ ।

 

उत्तर कोरियाले राजधानी प्योङ्गयाङ नजिकै रहेको सानुमडोङ्ग क्षेत्रमा मिसाइल बनाइरहेको खबरमा दाबी गरिएको छ । अमेरिकासम्म मार हान्न सक्ने गरी यसअघि पहिलो अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल बनाएको कम्पनीले अहिले पनि मिसाइल बनाइरहेको उल्लेख छ ।

समाचार संस्था रोयटर्सका अनुसार मिसाइल निर्माण भइरहेको क्षेत्रमा सवारी साधन आउने–जाने गरेको देखिएको उल्लेख गरेको छ ।

 

उत्तर कोरियाले सिंगापुर वार्तापछि पनि परमाणु हतियार सम्बन्धी कामलाई निरन्तरता दिएको भन्ने खबर यो पहिलो भने होइन । तर यस्ता खबरले सिंगापुर वार्ताको प्रभाव वास्तवमा परेको भन्ने शंका उत्पन्न गरेका छन् ।

जुनको अन्त्यतिर अमेरिकी गुप्तचर निकायको चुहावत भएको जानकारी अनुसार उत्तर कोरियाले अझै पनि आफ्नो परमाणु क्षमतालाई बढाइरहेको उल्लेख गरिएको थियो ।

 

गएको हप्ता अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले सिनेटरलाई उत्तर कोरियाले ‘फिसाइल मटेरियल’ बनाइरहेको जानकारी दिएका थिए । फिसाइल परमाणु हतियार बनाउनका लागि प्रयोग गरिन्छ ।

उत्तर कोरियाले गएको अप्रिलमा आफूले परमाणु तथा मिसाइल परीक्षण रोक्ने बताएको थियो ।

 

पछिल्लो पटक उत्तर कोरियाले गएको नोभेम्बर २९ मा नयाँ प्रकारको अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल परीक्षण गरेको थियो । त्यो मिसाइल मेरिकाको मुख्य क्षेत्रसम्म पुग्न सक्ने उत्तर कोरियाले दाबी गरेको थियो ।

 

यस्तै सन् २०१७ को सेप्टेम्बर १५ मा ब्यालेस्टिक मिसाइल, अगस्ट २९ मा परमाणु हतियार बोक्न सक्ने ब्यालेस्टिक मिसाइल, सन् २०१७ कै जुलाई ४ मा अन्तर महादेशीय ब्यालेस्टिक मिसाइल तथा सन् २०१७ को फेब्रअरी १२ मा मध्यम दूरीको ब्यालेस्टिक मिसाइल उत्तर कोरियाले परीक्षण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...