सिंहदरबार भित्रै बालश्रमिक रोक लगाउन मन्त्रीको यस्तो छ कडा निर्देशन



हाम्रो इकोनोमि

 

सिंहदरबार भित्रै बालश्रमिक प्रयोग भएको भन्दै सरकारले रोक्न कडा निर्देशन दिएको छ ।

 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले सरकारले आजैबाट लागू हुने गरी सिंहदरबारभित्र बालश्रम प्रयोगमा रोक लगाउन कडा निर्देशन दिइएको बताए ।

 

सिंहदरबार भित्रै बालश्रमको प्रयोग भइरहेको पाइएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको निर्देशनमा आफूले बालश्रम प्रयोग रोक्न कडा निर्देशन दिएको मन्त्री विष्टले स्पस्ट पारे ।

 

अझैपनि सिंहदरबार भित्र बालश्रम भएको पाइए कडा कारबाही गर्ने चेतावनी समेत दिएका छन् । सरकारले बि।स। २०८२ सालभित्र बालश्रम निवारण गरिसक्ने लक्ष्य लिएको छ ।

 

मन्त्री विष्टले सोही लक्ष्य पूरा गर्न सरकारले बालश्रम निवारणका लागि व्यवस्थित कार्ययोजना ल्याउने घोषणा पनि गरे ।

 

काठमाडौंमा सोमबार आयोजित एक कार्यक्रममा बोल्दै उनले जोखिमयुक्त बालश्रमको अन्त्य २०७९ भित्र गरिसक्न सरकारले देशभर अनुगमनको कामलाई तीव्रता दिने योजना अघि सारेको जानकारी दिए ।

 

कार्यक्रममा इँटा व्यवसायीहरुले सोमबारबाट लागू हुनेगरी आफ्नो उद्योगमा बालश्रम प्रयोग नगर्ने घोषणा गरेका थिए ।

 

२०८२ सालभित्र मुलुकबाट बालश्रम निवारण गर्ने सरकारको घोषणालाई साथ दिन आफूहरुले पनि बालश्रम प्रयोग नगर्ने घोषणा गरेको नेपाल इँटा उद्योग महासंघका अध्यक्ष महेन्द्रबहादुर चित्रकारले जानकारी दिए ।

 

उनले मुलुकलाई बालश्रमरहित बनाउने अभियानमा सबैसँग सहकार्य गरेर अघि बढने प्रतिवद्धता पनि व्यक्त गरे ।

 

मन्त्री विष्टले बालश्रम प्रयोग नगर्ने इँटा व्यवसायीहरुको प्रतिवद्धताको स्वागत गर्दै सबै उद्योगीहरुले बालश्रम प्रयोगमा रोक लगाउन ढिलाइ गर्न नहुने बताए ।

 

नेपालमा हाल करिब एक हजार एक सयवटा इँटा उद्योगहरु रहेको पाइएको छ । काठमाडौं उपत्यकामा मात्रै ११० वटा इँटा उद्योग रहेको दावी गर्दै इँटा उद्योगीहरुले अव त्यसमा बालश्रम प्रयोग नगर्न सामहिक अभियाननै संचालन गर्ने प्रतिवद्धता पनि जनाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस
युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड नबिल बैंकलाई

     नबिल बैंकले युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड, २०२५ अन्तर्गत नेपालको ‘बेस्ट ट्रान्ज्याक्सन...

मिराज ढुंगाना समूहले गर्‍यो ‘संयुक्त जेन-जी’ आन्दोलनको घोषणा

    मिराज ढुंगाना नेतृत्वको जेन-जी समूहले भोलिदेखि देशव्यापी ‘संयुक्त जेन-जी’ आन्दोलन घोषणा...

जेनजी फ्रन्टले बनायो सल्लाहकार परिषद्

    रक्षा बम नेतृत्वको जेनजी फ्रन्टले सल्लाहकार परिषद् गठन गरेको छ ।...

राष्ट्रपतिबाट संसद पुनर्स्थापनाको घोषणा गर्नुपर्छ : महेश बर्तौला

    विघटित प्रतिनिधि सभामा नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले संवैधानिक कमजोरी...