सिंहदरबार भित्रै बालश्रमिक रोक लगाउन मन्त्रीको यस्तो छ कडा निर्देशन



हाम्रो इकोनोमि

 

सिंहदरबार भित्रै बालश्रमिक प्रयोग भएको भन्दै सरकारले रोक्न कडा निर्देशन दिएको छ ।

 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले सरकारले आजैबाट लागू हुने गरी सिंहदरबारभित्र बालश्रम प्रयोगमा रोक लगाउन कडा निर्देशन दिइएको बताए ।

 

सिंहदरबार भित्रै बालश्रमको प्रयोग भइरहेको पाइएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको निर्देशनमा आफूले बालश्रम प्रयोग रोक्न कडा निर्देशन दिएको मन्त्री विष्टले स्पस्ट पारे ।

 

अझैपनि सिंहदरबार भित्र बालश्रम भएको पाइए कडा कारबाही गर्ने चेतावनी समेत दिएका छन् । सरकारले बि।स। २०८२ सालभित्र बालश्रम निवारण गरिसक्ने लक्ष्य लिएको छ ।

 

मन्त्री विष्टले सोही लक्ष्य पूरा गर्न सरकारले बालश्रम निवारणका लागि व्यवस्थित कार्ययोजना ल्याउने घोषणा पनि गरे ।

 

काठमाडौंमा सोमबार आयोजित एक कार्यक्रममा बोल्दै उनले जोखिमयुक्त बालश्रमको अन्त्य २०७९ भित्र गरिसक्न सरकारले देशभर अनुगमनको कामलाई तीव्रता दिने योजना अघि सारेको जानकारी दिए ।

 

कार्यक्रममा इँटा व्यवसायीहरुले सोमबारबाट लागू हुनेगरी आफ्नो उद्योगमा बालश्रम प्रयोग नगर्ने घोषणा गरेका थिए ।

 

२०८२ सालभित्र मुलुकबाट बालश्रम निवारण गर्ने सरकारको घोषणालाई साथ दिन आफूहरुले पनि बालश्रम प्रयोग नगर्ने घोषणा गरेको नेपाल इँटा उद्योग महासंघका अध्यक्ष महेन्द्रबहादुर चित्रकारले जानकारी दिए ।

 

उनले मुलुकलाई बालश्रमरहित बनाउने अभियानमा सबैसँग सहकार्य गरेर अघि बढने प्रतिवद्धता पनि व्यक्त गरे ।

 

मन्त्री विष्टले बालश्रम प्रयोग नगर्ने इँटा व्यवसायीहरुको प्रतिवद्धताको स्वागत गर्दै सबै उद्योगीहरुले बालश्रम प्रयोगमा रोक लगाउन ढिलाइ गर्न नहुने बताए ।

 

नेपालमा हाल करिब एक हजार एक सयवटा इँटा उद्योगहरु रहेको पाइएको छ । काठमाडौं उपत्यकामा मात्रै ११० वटा इँटा उद्योग रहेको दावी गर्दै इँटा उद्योगीहरुले अव त्यसमा बालश्रम प्रयोग नगर्न सामहिक अभियाननै संचालन गर्ने प्रतिवद्धता पनि जनाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस
गति अनुसार मति बनाउन ईश्वरको सुझाव

  नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीको ऐतिहासिक पृष्ठभूमि, सिद्धान्त र संगठनात्मक मजबुतीलाई...

सभामुखमा डीपी अर्यालको उम्मेदवारी दर्ता

    रास्वपा उपसभापति डोलप्रसाद अर्याल (डीपी अर्याल)ले सभामुख पदमा मनोनयन दर्ता गराएका...

एसईईका नक्कली परीक्षार्थी पक्राउ

     माध्यमिक शिक्षा परीक्षा (एसईई)मा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक...

युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...