चार वर्ष अघि बेपत्ता भएको मलेसियाली विमान अझै फेला परेन, २ यस ३९ यात्रुको इन्तु न चिन्तु



हाम्रो इकोनोमि

 

मलेसियाली विमान एमएच ३७० को खोजीसम्बन्धी सोमबार सार्वजनिक औपचारिक प्रतिवेदनले बिमान बेपत्ता हुनाको कुनै पनि कारण उल्लेख नगरेको भन्दै विमानमा सवार परिवारजनले क्रोध र निराशा व्यक्त गरेका छन्।

 

परिवारका सदस्यहरूले आधिकारिक अनुसन्धान टोलीको प्रतिवेदनले कुनै निष्कर्ष निकाल्छ कि भन्ने आशा गरेका थिए। चार वर्षअघि बेपत्ता भएको मलेसियाली उक्त विमानमा २ यस ३९ यात्रु सबार थिए। तर उक्त प्रतिवेदनमा विमानको बेपत्ता र खोजी प्रयत्नका बारेमा मात्र लामो व्याख्या गरिएको भन्दै परिवारजनले दुःख व्यक्त गरेका छन्। अनुसन्धान अधिकारीहरूले परिवारजनका प्रश्नको उत्तर दिन सकेका छैनन्। कतिपय परिवारजन प्रतिवेदन सार्वजनिक कार्यक्रमबाट बीचमै उठेर हिँडेका थिए।

 

“यो प्रतिवेदन अत्यन्त निराशाजनक छ,” इन्तान माइजुरा ओथमानले बताए। उनका पति बेपत्ता भएका विमान एमएच३७० मा फ्लाइट स्टेवार्ड थिए। क्वालालम्पुरबाट बेइजिङका लागि उडेको यो विमान मार्च २०१४ मा बेपत्ता भएको थियो। “म अति हतोत्साहित छु। प्रतिवेदनमा नयाँ कुरा केही पनि छैन। यातायात मन्त्रालयका अधिकारीहरूले हाम्रा प्रश्नको जवाफ दिन सकेनन्।”

 

“धेरैले प्रश्न सोधेका थिए,” जी. सुब्रमनियमले बताए। उनका छोरा यही विमानमा सबार थिए। अधिकारीहरूबाट चित्तबुझ्दो प्रतिक्रिया नपाएपछि धेरैजना क्रुद्ध बनेका थिए।” हिन्द महासागरको एक लाख २० हजार वर्ग किलोमिटरको क्षेत्रमा खोजी गर्दा पनि उक्त विमानको कुनै संकेत भेटिएको छैन। अस्ट्रेलियाले गत वर्ष जनवरीबाट यो विमानको व्यापक खोजी अभियानलाई स्थगित गरेको छ।

 

अमेरिकी कम्पनी ओसन इन्फिनिटीले ‘नभेटिए शुल्क दाबी नगर्ने’ शर्तमा यसै वर्षको शुरुदेखि पुनः खोजी अभियान थालेको थियो। यस कम्पनीले उच्च–प्रविधियुक्त ड्रोनको सहायताले समुद्रमा खोजी गरेको थियो। तर, विमानका कुनै पनि अवशेष नभेटिएपछि खोजी अभियान रोकेको छ।

पारदर्शिताका सन्दर्भमा कुनै कसर बाँकी नराख्ने घोषणा गरेको मलेसियाको नयाँ सरकारले बेपत्ता विमानका बारेमा तयार पारिएको प्रतिवेदन सार्वजनिक गर्ने चुनावताका घोषणा गरेको थियो। एएफपी

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...