सिरियामा आइएसद्वारा ३६ महिलासहित बालबालिका अपहरण



हाम्रो इकोनोमि

 

सिरियाको दक्षिणी भागमा पर्ने स्वेदा प्रान्तमा इस्लामिक स्टेट्स आतङ्ककारी समूह (आइएस)ले ३६ जना महिला र बालबालिका अपहरण गरेका छन् । मानव अधिकारवादी समूहले सोमबार दिएको जानकारी अनुसार आइएसले उनीहरुलार्इ अपहरण गरेको हो ।

 

केही दिनअगाडि सोही प्रान्तमा आइएसले गरेको आत्मघाती आक्रमण र गोलाबारीले दुर्इ सय ५० भन्दा बढीको मृत्यु भएको थियो । आक्रमणमा आधाभन्दा बढी सर्वसाधारण भएका अब्जरभेटरी प्रमुख रामी अब्देल रहमानले बताए ।

 

सरकारको बलियो प्रभाव मानिने स्वेदा प्रान्तमा केही दिनदेखि आत्मघाती, गोलाबारी र अपहरण जस्ता आक्रमण भएको थियो । सिरियामा सन् २०११ को मार्च महिनादेखि सुरु भएको गृहयुद्धमा तीन लाख ५० हजारको मृत्यु भइसकेको छ । सिरियाली राष्ट्रपति बसार अल असदको राजीनामाको माग गर्दै भएको जनआन्दोलन गृहयुद्धमा परिणत भएको हो ।

 

सिरियामा विश्वका शक्ति राष्ट्रसहित विभिन्न संघसंस्थाको सहयोगले गृहयुद्धबाट ठूलो मानवीय क्षति पुगेको हो । गृहयुद्धले लाखौँ मानिस घाइते हुनाका साथै शरणार्थी बन्न बाध्य भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...