झन आक्रामक बन्दै विपक्षी, तीन लाख कार्यकर्ता उतारेर सिंहदरबार घेर्ने कांग्रेसको तयारी



 

केपी शर्मा ओली नेतृत्वको सरकारका गतिविधिको विरोध गर्दै नेपाली कांग्रेसले मंगलबार देशभर विरोध प्रदर्शन गर्दैछ।

 

सरकार अधिनायकवादी शैलीबाट अघि बढेको भन्दै कांग्रेसले देशभर कार्यकर्ता सडकमा ल्यान लागेको हो। यसका लागि कांग्रेसले ७७ वटै जिल्लाका सभापतिलाई तयारीको जिम्मा दिएको थियो। सबै जिल्ला सदरमुकाममा व्यापक प्रदर्शन गर्ने कांग्रेसले जनाएको छ।

 

यो आन्दोलनको सुरुवात भएकाले उत्साहपूर्वक कार्यकर्ताको सहभागिता रहने कांग्रसले जनाएको छ। सरकारले पछिल्लो समय अधिनायकवादी शैली अपनाएको भन्दै कांग्रेसले दबाब स्वरूप विरोध गर्न लागेको हो।

 

विरोध प्रदर्शनमा कांग्रेसले देशभर तीन लाख लाख बढी कार्यकर्ता सडकमा उतार्ने योजना बनाएको छ। झापा, मोरङ, सुनसरी, रूपन्देही, कास्की चितवलगायतमा करिब ८ हजार बढी कार्यकर्ता सडकमा उतार्ने केन्द्रीय कार्यालयलाई जानकारी गराएको छ। यस्तै, प्रदेश २ का सबै जिल्लामा कार्यकर्ताको बाक्लो सहभागिता रहने कांग्रेसले जनाएको छ।

 

‘कांग्रेस संगठन बेसको पार्टी होइन’, कांग्रेस नेता प्रदीप पौडेलले भने, ‘यो मास बेस पार्टी हो। यो एउटा जिल्ला मात्र संगठन भएको पार्टी पनि होइन। सबै जिल्लामा कार्यकर्ता छन्। त्यसैले सहभागिता बढ्छ।’ विरोधका लागि पार्टीका केन्द्रीय नेताहरू पनि विभिन्न जिल्ला जाने भएका छन्। सभापति शेरबहादुर देउवाको हालसम्म कुनै जिल्ला जाने कार्यक्रम तय भइसकेको छैन।

 

‘केन्द्रको सर्कुलरमा जिल्लाले गर्ने कार्यक्रम हो। त्यसैले केन्द्रले कसैलाई कहीँ खटाएको छैन’, देउवाको निजी सचिवालयले भन्यो, ‘अहिलेसम्म सभापतिको पनि कतै जाने कार्यक्रम तय भइसकेको छैन।’ वरिष्ठ नेता रामचन्द्र पौडेल विरोध प्रदर्शनमा सहभागी हुनका लागि गृहजिल्ला तनहुँ जाने कार्यक्रम छ। यस्तै, पार्टी नेता कृष्णसिटौला पनि गृहजिल्ला झापा गएका छन्।

 

उनले सदरमुकाम भद्रपुरमा हुने प्रदर्शनमा सहभागिता जनाउने छन्। यस्तै अन्य केन्द्रीय सदस्यहरू पनि आफूलाई पायक पर्ने जिल्लाका प्रदर्शनमा सहभागी हुने छन्। यद्यपि पार्टीले नेताहरूलाई खटाएको भने छैन। ‘पार्टीले कहीँ खटाएको त छैन’, प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘तर धेरै नेताहरू विभिन्न जिल्लामा जानुहुन्छ। उहाँहरूले जिल्लामा हुने प्रदर्शनलाई सम्बोधन गरेर कार्यकर्तालाई हौसाला दिनुहुनेछ।’ प्रदर्शदनका लागि सबै जिल्लामा तयारी पूरा भएको कांग्रेस सहमहामन्त्री डा।प्रकाशशरण महतले जानकारी दिए।

 

उनका अनुसार सबै जिल्लामा जिल्ला सभापतिहरूको नेतृत्वमा विरोध प्रदर्शन हुनेछ। ‘हाम्रो विरोध प्रदर्शन शान्तिपूर्ण हुनेछ’, उनले भने, ‘यसअघिका प्रदर्शनमा भएजस्तै प्रहरी दमन भयो भने हामी पनि चुप लागेर बस्दैनौँ।’ सरकारले न्याय क्षेत्रलाई पनि दुई तिहाईको दम्भमा प्रभावमा पार्न खोजेकाले आफूहरू आन्दोलनमा उत्रनु परेको उनले बताए। आन्दोलनमा सरकारले संवैधानिक निकायलाई आफू मातहत बनाएको, सभामुख÷उपसभामुख एउटै पार्टीको बनाएको, निषेधाज्ञ जारी गरेको लगायत विषय उठाइने सहमहामन्त्री डा।महतले बताए।

 

आइतबार बसेको संसद बैठकमा सभामुख कृष्णबहादुर महराले सभामुख र उपसभामुखको विषय अदालतमा पुगिसकेकाले यस विषयमा संसदमा छलफल नहुने बताएका थिए। अदालतमा पुगेको विषयलाई कांग्रेसले पुनः सडकबाट उठाउने जनाएको छ। दुई तिहाईको दम्भका कारण अदालतलाई पनि दबाबमा पारेर निर्णय गराउन सक्ने भएकाले आफूहरूले सडकबाट भए पनि आन्दोलन चर्काउनु परेको उनले बताए।

 

‘सभामुख र उपसभामुख संविधानमा भएको प्रावधानअनुसार नै हुनुपर्छ। दुई तिहाई आयो भन्दैमा संविधान नै त मिच्न पाइँदैन नि’, उनले भने, ‘दुई तिहाईको दम्भले अदालतलाई पनि प्रभावमा राख्न सुरु गरिसकेका छन्। त्यसैले हामी प्रदर्शनमा पनि यो मुद्दालाई जोडका साथ उठाउँछौँ।’ मंगलबार हुने प्रदर्शन सरकारविरुद्ध पहिलो खुट्किला मात्र भएको नेता प्रदीप पौडेल बताउँछन्।

 

‘सरकार विरुद्ध यो हाम्रो दबाब दिने पहिलो कार्यक्रम मात्र हो’, उनले भने, ‘सरकार नसच्चिए हामी यस्ता कार्यक्रम अझै सशक्त ढंगबाट गर्छौँ।’ प्रदर्शनले कांग्रेसको आन्तरिक जीवनमा समेत राम्रो असर पर्ने नेताहरू बताउँदै आएका छन्। सरकारविरुद्ध आन्दोलन गर्दै जाँदा पार्टीभित्रको समस्या पनि क्रमश अन्त्य हुँदै गएको नेताहरू बताउँछन्। पार्टीको गुट अन्त्य गर्दै पार्टीलाई एक बनाएर जान आन्दोलनले सघाउने नेताहरू बताउँछन्।

 

प्रतिक्रिया दिनुहोस
कांग्रेस-एमालेबाहेकका दलसँग माओवादीले गठबन्धन गर्ने

    प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले मंसिर १६ गते हुने उपनिर्वाचनमा

सन्दीप विरुद्धको मुद्दामा महान्यायाधिवक्ता कार्यालयले पुनरावेदन नगर्ने

    महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा पुनरावेदन नगर्ने निर्णय गरेको

माधवको नेकपा एस फुटने पक्का, १०० बढी नेताको बिद्रोह

     नेकपा एसका नेताहरुले अध्यक्ष माधवकुमार नेपाललाई पार्टीको आन्तरिक एकता जोगाइ राख्न

पुण्य गौतममाथि सांघातिक आक्रमण, आइसीयूमा उपचार हुदै

    सामाजिक अभियन्ता पुण्य गौतममाथि सांघातिक आक्रमण भएको छ । हिजो राति