चियामा विष मिसाई  ज्यान लिने सिंह यसरी परे प्रहरीको फन्दामा



विष खुवाएर ज्यान लिने एकजना प्रहरीको फन्दामा परेका छन्।जाजरकोट कुशे गाउँपालिका( ५ जहरगाँउ ढिमेका १७ वर्षीय प्रकाश सिंहलाई विष खुवाएर ज्यान लिएको आरोपमा पक्राउ गरी प्रहरीले सोमबार सार्वजानीक गरेको हो।

 

यहि श्रावण ११ गते विष नुन चिया९भोटेचिया०मा मिसाएर खुवाउँदा जगदुल्ला गाउँपालिका(२ का ३० वर्षीय दर्शन बुढाथोकीको मृत्यु भएको थियो। विष हालेको चिया खादा ४३ वर्षीय झलकमान घर्ती भनिने ईन्द्रजित जिसी र ४५ वर्षीय चन्द्रकुमारी बुढाथोकी अचेत भएका थिए। उनीहरुको हाल कोहलपूर मेडिकल बलेजमा उपचारमा भइरहेको छ।

 

घटनालगत्तै आफन्तले जिल्ला प्रहरी कायालयमा जाहेरी गरेपछि अभियुक्त प्रकाश सिंहलाई प्रहरीले १२ गते पक्राउ गरी जिल्लामा ल्याएको थियो। अभियुक्त प्रकाशले मृतक दर्शन बुढाथोकीलाई मार्ने उदेश्य नभएर होटेल साउनी चन्द्रकुमारी बुढाथोकीलाई मार्न विष प्रयोग गरेको प्रहरीसमक्ष बयान दिएका छन्।

 

जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरिक्षक हरिप्रसाद शर्माले भने अभियुक्त प्रकाश सिंहका अनुसार चन्द्रकुमारी बुढाथोकीले आफूलाई अपाच्य शब्द प्रयोग गरी तथानाम गाली गरेका कारण चन्द्रकुमारीलाई मार्ने उद्देश्यले भोड्का बोतलमा विष घोलेर नुन चिया९भोटेचिया०मा मिसाएको बताएका छन्। प्रकाश वैशाखदेखि यार्सा संकलन गर्न डोल्पामा बस्दै आएका थिए।

 

प्रतिक्रिया दिनुहोस
कांग्रेस-एमालेबाहेकका दलसँग माओवादीले गठबन्धन गर्ने

    प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले मंसिर १६ गते हुने उपनिर्वाचनमा

सन्दीप विरुद्धको मुद्दामा महान्यायाधिवक्ता कार्यालयले पुनरावेदन नगर्ने

    महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा पुनरावेदन नगर्ने निर्णय गरेको

माधवको नेकपा एस फुटने पक्का, १०० बढी नेताको बिद्रोह

     नेकपा एसका नेताहरुले अध्यक्ष माधवकुमार नेपाललाई पार्टीको आन्तरिक एकता जोगाइ राख्न

पुण्य गौतममाथि सांघातिक आक्रमण, आइसीयूमा उपचार हुदै

    सामाजिक अभियन्ता पुण्य गौतममाथि सांघातिक आक्रमण भएको छ । हिजो राति