आर्मी अफिसर्स क्लब ‘पब्लिक’ले अब कार्यक्रम गर्न नपाउने, यस्तो छ कारण



हाम्रो इकोनोमि

 

व्यापारिक क्षेत्रमा हात हाल्न थालेपछि आलोचित बनेको नेपाल आर्मीले आर्मी अफिसर्स क्लब ‘पब्लिक’ का लागि बन्द गर्ने तयारी गरेको छ। आर्मीले भदौ १ गतेदेखि लागु हुने गरी उक्त निर्णय गरेको हो।

 

वर्तमान प्रधान सेनापति राजेन्द्र क्षत्रीले कार्यकाल सकिन लाग्दा यस्तो निर्णय गरेका हुन्। भद्राकालीस्थित सैनिक मुख्यालयको परिसरमै रहेको आर्मी अफिसर्स क्लब १८ वर्षयता विभिन्न पार्टी तथा कार्यक्रमहरु आयोजनाका लागि पब्लिकलाई पनि भाडामा दिने गरिएको छ।

 

तत्कालीन प्रधानसेनापति प्रज्वल शसशेर जबराको कार्यकालयता आर्मी अफिसर्स क्बल पब्लिकलाई पनि भाडामा दिने थालिएको हो। स्रोतका अनुसार भदौ १ गते पछाडिका लागि गरिएका सम्पूर्ण बुक आर्मीले रद्द गरेको छ। आर्मीका एक उच्च अधिकारीले आर्मी अफिसर्स क्लब पब्लिकका लागि बन्द गर्ने तयारी भइरहेको बताउँदै निर्णय नै भने नभएको जिकिर गरे।

 

‘पब्लिकलाई भाडामा दिँदा संवेदनशील क्षेत्रमा बढी भीडभाड भयो भन्ने एउटा निष्कर्श होला। अर्को चाँहि हाम्रा आन्तरिक कार्यक्रमहरु गर्न पनि ठाउँ चाहिएकाले यस्तो तयारी भएको हुन सक्छ’,ती अधिकारीले नाम उल्लेख नगर्ने शर्तमा भने। क्लबमा दुई वटा हल छन्।

 

एउटा हल पब्लिकलाई भाडामा दिएबापत एक दिनको ७५ हजार रुपैयाँ लिने गरिएको छ। यसैगरी आर्मीलाई नै दिँदा एक दिनको १० हजार रुपैयाँ लिने गरिएको छ।

 

पब्लिकलाई हल दिन बन्द गर्ने निर्णय पछि एउटा हल जुनियर अफिसर्स र अर्को हल सिनियर अफिसर्सका लागि कार्यक्रम तथा पार्टी आयोजना गर्न दिने तयारी छ।

 

 

प्रतिक्रिया दिनुहोस
इन्टरपोलमार्फत देउवा दम्पतीलाई नेपाल ल्याउने तयारी

    पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा, उनकी पत्नी एवं पूर्वपरराष्ट्रमन्त्री डा....

सरकारले बढायो गाडी भाडा

    सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ । इन्धनको मूल्यमा भएको उत्तारचढाव...

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

    पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा...

वाणिज्य बैंकहरुको नाफामा बृद्धि

    चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा वाणिज्य बैंकहरुले ४३ अर्ब ८८ करोड...