सुसाइड नोट लेख्दै एक व्यापारी यसरी बेपत्ता भए, श्रीमतीलाई भने, क्षमा गर ऋण तिर्न सकिन



हाम्रो इकोनोमि

 

सुसाइट नोट लेख्दै पोखराका एक व्यापारी बेपत्ता भएका छन् । पोखरा सभागृह गेट नजिकै इभा ट्रेडर्स सञ्चालन गर्दै आएका फरिन्द्र ढुंगानाले मिटर ब्याजी साहुका कारण जीवन असहज भएको भन्दै साहुकै नाम किटेर सुसाइड नोट लेखी बेपत्ता भएका हुन् ।

 

इभा ट्रेडर्सका संचालक ३५ वर्षीय ढुंगाना शनिबार बेलुकादेखि सम्पर्कबिहीन छन् । उनी स्कुटर चढेर घरबाट निस्केका थिए । उनी चढेको ग २३ प ५७६८ नम्बरको स्कुटर भने पोखराको चोरसाँघु नजिकै एसओएस स्कुल अगाडि फेला परेको छ ।

 

पुल नजिकै स्कुटर बेवारिसे अवस्थामा फेला पर्नु, स्कुटरको डिक्किमा रहेको सुसाइड नोट भेटिनुले उनले आत्महत्या गरेको आशंका गरिएको छ । डिक्किमा भेटिएको पत्रमा उनले मिटर ब्याजी साहुका कारण अन्तिममा आफूले यो कदम उठाउनुपरेको उल्लेख गरेका छन् ।

 

आर्थिक समस्यामा परेको लेख्दै उनले माधवलाल श्रेष्ठ, बालकृष्ण घिमिरे जस्ता मिटर ब्याजी साहुका कारण आफूजस्ता धेरेको जीवन असहज बन्दै गइरहेको सुसाइड नोटको अन्तिम वाक्यमा लेखेका छन् ।

 

उनले लेखेका छन् ‘म आर्थिक समस्यामा परेको छु । माधवलाल श्रेष्ठ, बालकृष्ण घिमिरे जस्ता धेरै साहुहरुसँग कारोबार गर्नाले । १०० कडा ५०, ६०, ८० प्रतिशत सम्म ब्याज असुली गर्दै आएका थिए । यिनीहरु जस्ताले गर्दा मेरो यो हालत भयो । कोही कसैले चेक देखाएर धम्काउन मिल्दैन । किनकी यी सबैले मबाट डबल त्रिबल गरी असुल उपर गरिसकेका छन् । दुई–तीन गुण असुली गर्नेहरुले गर्दा नै समाजमा म जस्ता धेरैको जीवन असहज बन्दै गईरहेको छ ।’

 

श्रीमती अनिता कुमारी बाँस्तोलालाई प्यारी श्रीमती भन्दै लेखेका छन् ‘मैले त संघर्ष गर्न सकिनँ तर तिमीमा त्यो क्षमता देखेको छु । अब बाकी जीवन छोरा र छोरीको जिम्मेवारी सम्हाल्दै र मैले गरेका गल्ती प्रति असहजताको समय गुजार्दै जानुपर्ने हुनाले त्यसप्रति माफी चाहन्छु माफ गरिदेउ । मैले तिमीलाई कहिल्यै सुःख दिन सकिनँ, त्यसप्रति क्षमा माग्दछु । सानु छोरा र छोरीलाई तिम्रो जिम्मामा छाडेको छु ।  उही तिमीलाई दुःखी बनाउने फरिन्द्र ढुंगाना, अलबिदा ।’

 

प्रतिक्रिया दिनुहोस
इन्टरपोलमार्फत देउवा दम्पतीलाई नेपाल ल्याउने तयारी

    पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा, उनकी पत्नी एवं पूर्वपरराष्ट्रमन्त्री डा....

सरकारले बढायो गाडी भाडा

    सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ । इन्धनको मूल्यमा भएको उत्तारचढाव...

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

    पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा...

वाणिज्य बैंकहरुको नाफामा बृद्धि

    चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा वाणिज्य बैंकहरुले ४३ अर्ब ८८ करोड...