हामी एक चीन नीतिका पक्षमा छौं : प्रधानमन्त्री ओली



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी शर्मा ओली र चीनका उपविदेश मन्त्री वाङ वाजुनबीच आज भेटवार्ता भएको छ ।

भेटका क्रममा प्रधानमन्त्री ओलीले नेपाली भूमि चीनका विरुद्ध प्रयोग हुन नदिने बताउनुभएको छ । उहाँले भन्नाुभयो, “हामी एक चीन नीतिका पक्षमा छौं ।

यो हाम्रो स्थायी नीति हो । यस नीतिलाई हामी आघात पर्न दिंदैनौं ।” प्रधानमन्त्री ओलीले आफ्नो अघिल्लो प्रधानमन्त्री कालमा चीनसँग भएको ट्रान्सपोट र टा्रन्जिट सन्धीलाई चाँडै कार्यन्वयनमा लैजाने पक्षमा रहेको बताउनुभएको । “सन् २०१६ को मार्चमा चीनसँग गरिएको सन्धीलाई हामी छिटै निष्कर्षमा पुर्‍याउदैछौं” उहाँले भन्नुभयो “हामी भूपरिवेष्टित देश भएकोले यो सन्धी मार्फत हामी समुद्रसम्म आफ्नो पहुँच बढाउन चाहन्छौं ।” प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी जिङ पिङलाई नेपाल भ्रमणको निमन्त्रणा पनि दिनु भएको छ ।

“हाम्रो सम्बन्धलाई थप सुमधुर बनाउन उच्च तहको राजनीतिक भ्रमण हुनु पनि आवश्यक छ” उहाँले भन्नुभयो “चीनका राष्ट्रपति र प्रधानमन्त्रीलाई निकट भविष्यमा नेपालमा हामी स्वागत गर्न आतुर छौं ।” उपविदेश मन्त्री वाङले नेपाल चीन सम्बन्ध विस्तारका लागि अहिले एकदमै उपयुक्त समय भएको बताउनुभएको छ । गत महिना प्रधानमन्त्री ओलीको चीन भ्रमणका बेला नेपालको विकास र नेपाल चीन सम्बन्धका थुप्रै आयामहरुका बारेमा सहमति भएकोले त्यसलाई कार्यन्वयन गर्नका लागि चीन आतुर रहेको बताउनुभएको छ ।

“सरकार सरकारका बीच र जनस्तरबाट पनि नेपाल र चीनबीचको सम्बन्ध समुधुर बनाएर दुई देशको हितमा त्यसलाई उपयोग गर्नु पर्दछ” वाङले भन्नुभयो ।

 

प्रतिक्रिया दिनुहोस
संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य

     राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन् ।...

अडियोमा बोल्ने मान्छेहरूसँग मेरो चिनजान छैन : कृषि मन्त्री

    कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको...

वडा अधिवेशनमा सहभागी हुन देउवाको आह्वान

    नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १५औँ...

सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...