हामी एक चीन नीतिका पक्षमा छौं : प्रधानमन्त्री ओली



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी शर्मा ओली र चीनका उपविदेश मन्त्री वाङ वाजुनबीच आज भेटवार्ता भएको छ ।

भेटका क्रममा प्रधानमन्त्री ओलीले नेपाली भूमि चीनका विरुद्ध प्रयोग हुन नदिने बताउनुभएको छ । उहाँले भन्नाुभयो, “हामी एक चीन नीतिका पक्षमा छौं ।

यो हाम्रो स्थायी नीति हो । यस नीतिलाई हामी आघात पर्न दिंदैनौं ।” प्रधानमन्त्री ओलीले आफ्नो अघिल्लो प्रधानमन्त्री कालमा चीनसँग भएको ट्रान्सपोट र टा्रन्जिट सन्धीलाई चाँडै कार्यन्वयनमा लैजाने पक्षमा रहेको बताउनुभएको । “सन् २०१६ को मार्चमा चीनसँग गरिएको सन्धीलाई हामी छिटै निष्कर्षमा पुर्‍याउदैछौं” उहाँले भन्नुभयो “हामी भूपरिवेष्टित देश भएकोले यो सन्धी मार्फत हामी समुद्रसम्म आफ्नो पहुँच बढाउन चाहन्छौं ।” प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी जिङ पिङलाई नेपाल भ्रमणको निमन्त्रणा पनि दिनु भएको छ ।

“हाम्रो सम्बन्धलाई थप सुमधुर बनाउन उच्च तहको राजनीतिक भ्रमण हुनु पनि आवश्यक छ” उहाँले भन्नुभयो “चीनका राष्ट्रपति र प्रधानमन्त्रीलाई निकट भविष्यमा नेपालमा हामी स्वागत गर्न आतुर छौं ।” उपविदेश मन्त्री वाङले नेपाल चीन सम्बन्ध विस्तारका लागि अहिले एकदमै उपयुक्त समय भएको बताउनुभएको छ । गत महिना प्रधानमन्त्री ओलीको चीन भ्रमणका बेला नेपालको विकास र नेपाल चीन सम्बन्धका थुप्रै आयामहरुका बारेमा सहमति भएकोले त्यसलाई कार्यन्वयन गर्नका लागि चीन आतुर रहेको बताउनुभएको छ ।

“सरकार सरकारका बीच र जनस्तरबाट पनि नेपाल र चीनबीचको सम्बन्ध समुधुर बनाएर दुई देशको हितमा त्यसलाई उपयोग गर्नु पर्दछ” वाङले भन्नुभयो ।

 

प्रतिक्रिया दिनुहोस
आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...