डेन्जर जोनमा परेका लालबाबुलाई अर्को झट्का, गैरआवासीय नेपालीले मागे राजीनामा



हाम्रो इकोनोमि

 

कर्मचारीको व्यवस्थापन गर्न नसकेर डेन्जर जोनमा परेका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितलाई अर्को झट्का लागेको छ । गैरआवासीय नेपालीले मन्त्रि पण्डितको राजीनामा पनि मागेका छ ।

 

मन्त्रि पण्डितले गैरआवासीय नेपालीप्रति देखाएको व्यवहार ठिक नभएको पुष्टि भएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले युरोपमा एनआरएनएको क्षेत्रीय वैठकलाई सम्बोधन गर्दै सरकारको तर्फबाट माफी मागेसँगै मन्त्रिपण्डितलाई झट्का लागेको हो । लग्जेम्बर्गमा आयोजित कार्यक्रममा मन्त्री ज्ञवालीले पण्डितले विदेशमा बस्ने नेपालीप्रति गरेको व्यवहारप्रति क्षमा मागेका छन् ।

 

उनले भने, ‘गैर आवासीय नेपालीको भूमिका र पहिचान संविधानतः व्यवस्था गरिएको छ । राज्यको निर्देशक सिन्द्धान्तमा निकै लामो छलफलपछि यो प्रावधान राखिएको हो । संविधानले प्रत्याभूत गरेको व्यवस्था कटौती हुन्छकी भन्ने चिन्ताबाट मुक्त हुन तपाईहरुलाई अनुरोध गर्दछु ।’

 

उनले कसैको नाम नलिई घुमाउरो भाषामा भने, ‘व्यक्तिगत रुपमा कोही जिम्मेवार साथीहरुको भनाईबाट तपाईहरुको चित्त दुखेको छ भने म सरी भन्न चाहन्छु ।’ तर, नेपाल सरकारको आधिकारिक धारणा विकासको साझेदारको रुपमा तपाईहरुलाई अघि बढाउने हो, तपाईहरु हर हमेसा चाहिन्छ, भन्ने हो ।

 

मन्त्री पण्डित अघिल्लो पटक मन्त्री हुँदा ग्रिनकार्ड र पिआरधारीहरु गैरआवासीय नेपालीलाई निकै चोट पुग्ने गरेर अभिव्यक्ति दिन्थे । उनले ग्रिनकार्ड र पिआरधारीहरु कहिल्यै नेपाली हुन नसक्ने र उनीहरुलाई नेपालको बारेमा बोल्ने तथा सोच्ने अधिकार नभएको तर्क गर्दै आएका छन् ।

 

उनीबाट निकै अपेक्षा गरेको भएपनि अहिले उनले काम गर्न नसकेको भन्दै सरकारभित्रै आलोचना भईरहेको छ । उनलाई सरकारले डेन्जर जोनमा राखेको खबर समेत आएको छ । उनले कर्मचारीको सरुवा, बढुवा र व्यवस्थापन समेत गर्न नसकेकोप्रति प्रधानमन्त्री केपी शर्मा ओली रुष्ट छन् ।

 

यस्तै, मन्त्री पण्डितले प्रशासन सुधारमा ध्यान नदिएको र मन्त्रालयको काममा भन्दा जिल्ला भ्रमणमा केन्द्रित भएको आरोप छ । सरुवामा आर्थिक लेनदेनको आरोप लागेपछि उनले स्वकीय सचिव ओसिम आलमलाई जिम्मेवारीबाट हटाए । तर, उनको व्यक्तिगत अंकमा भने पटक्कै सुधार आएन ।

प्रतिक्रिया दिनुहोस
संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य

     राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन् ।...

अडियोमा बोल्ने मान्छेहरूसँग मेरो चिनजान छैन : कृषि मन्त्री

    कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको...

वडा अधिवेशनमा सहभागी हुन देउवाको आह्वान

    नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १५औँ...

सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...