गाउँ परिषद अध्यक्षले मनपरी गरेको भन्दै राजपा कार्यकर्ताबीच यसरी भयो कुटाकुट, मन्त्री भए रमिते



हाम्रो इकोनोमि

जनकपुरधाम( महोत्तरीस्थित पिपरा गाउँपालिकाको गाउँ परिषदमा झडप भएको छ । राष्ट्रिय जनता पार्टी ९राजपा०बाट अध्यक्षमा निर्वाचित विनोद चौधरीले जर्बजस्ती गरेको भन्दै आफ्नै पार्टीका कार्यकर्ताले विरोध गरेपछि झडप भएको हो ।

 

झडमा परी राजपाका पिपरा गाउँ इकाई कमिटी अध्यक्ष विनित पाण्डेय, वीरेन्द्र कापर, नरेश ठाकुर, हरि साह, वकिल दास लगायतका व्यक्तिलाई चोटपटक लागेको छ । परिषदका प्रमुख अतिथि नवनियुक्त राज्यमन्त्री अभिराम शर्मा उपस्थित रहेकै बेला दुई पक्षबीच झडप भएको थियो ।

 

गाउँपालिका अध्यक्ष चौधरीले पार्टीसँग छलफल नै नगरी परिषद गर्न खोजेको भन्दै आफ्नै पार्टी राजपाका गाउँ इकाई कमिटीले वहिष्कार गर्ने निर्णय गरेको थियो । पार्टीको विरोधकाबीच परिषद गर्न खोजेपछि असन्तुष्टहरुले परिषदस्थलमा विरोध प्रदर्शन गरेको थियो ।

आफूहरुले परिषको विरोध गरेपछि अध्यक्ष चौधरीले आफ्नो मान्छे र प्रहरी लगाई कुटपिट गरेको राजपाका गाउँ इकाई कमिटी अध्यक्ष पाण्डेयको आरोप छ ।

 

गाउँपालिका अध्यक्ष चौधरीले जनताको भावना विपरित आफू अनुकूल योजनाहरु समावेश गरी जर्बजस्ती परिषद गर्न खोजेकोले वाध्य भएर विरोधमा उत्रिनु परेको राजपाका गाउँपालिका इकाई कमिटीका अध्यक्ष पाण्डेयले बताएका छन् । परिषदबारे गाउँपालिका अध्यक्षले अन्य पार्टीलाई समेत आधिकारिक जानकारी नगराएको पाण्डेयले जानकारी दिए ।

 

गाउँपालिका अध्यक्षले जर्बजस्ती गरेको परिषदका निर्णयहरु आफूहरुले कुनै हालतमा स्वीकार नगर्ने उनले बताए ।

 

प्रतिक्रिया दिनुहोस
गति अनुसार मति बनाउन ईश्वरको सुझाव

  नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीको ऐतिहासिक पृष्ठभूमि, सिद्धान्त र संगठनात्मक मजबुतीलाई...

सभामुखमा डीपी अर्यालको उम्मेदवारी दर्ता

    रास्वपा उपसभापति डोलप्रसाद अर्याल (डीपी अर्याल)ले सभामुख पदमा मनोनयन दर्ता गराएका...

एसईईका नक्कली परीक्षार्थी पक्राउ

     माध्यमिक शिक्षा परीक्षा (एसईई)मा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक...

युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...