एसएलसीकै प्रमाणपत्र नक्कली भेटेपछि प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशी राजीनामा दिने मुडमा



हाम्रो इकोनोमि

 

प्रधानन्यायाधीशमा संवैधानिक परिषदले सिफारिस गरेका दीपकराज जोशीका विरुद्ध गम्भीर प्रकृतिका उजुरीहरुका बारेमा संसदीय सुनुवाई विशेष समितिले चासोका साथ हेरिरहेको बेला उनको एसएलसीकै नक्कली प्रमाणपत्र सार्वजनिक भएको छ ।

 

एसएलसीकै नक्कली प्रमाणपत्र भेटेपछि प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशी राजीनामा दिने मुडमा रहेको बिषेश स्रोतको दाबी छ ।

 

भावी प्रधानन्यायाधीश जोशीको एसएलसीको प्रमाणपत्र नै नक्कली भएको बिषय सार्वजनिक भएपछि पनि सुनुवाई समितिले अनुमोदन गर्ने तयारी गरेको छ । आइतबार बिहान ८ बजेट सुुनुवाईका लागि समय तोकिएकोमा स्थगित भएको छ । पुनः सोमबारका लागि सुनुवाइ गर्ने समय सारिएको छ । यस्ता विवादास्पद ब्यक्तिलाई प्रधानन्यायाधीशलाई लालमोहर लगाएर अनुमोदन नगर्न सामाजिक संजालहरुमा पनि ब्यापक दबाब परेको छ ।

 

नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष तथा अधिवक्तासमेत रहेका बरिष्ठ पत्रकार शिव गाउँलेले ट्वीटरमा लेख्छन्–‘कामु प्रधानन्यायाधीश दीपकराज जोशीमाथिको संसदीय सुनुवाई मामिलामा जनताले ‘तीन महले’ थाहा पाउनुपर्छ । उनीमाथि लागेको अभियोग, जोशीले दिएको जवाफ र समितिले गरेको निर्णयको निर्णयाधार ।

 

नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य बिष्णु रिजालले ट्वीटरमा लेखेका छन्–‘प्रधानन्यायाधीश बन्न विवादित, जन्ममिति सच्याएको, नक्कली प्रमाणपत्र भएको, राष्ट्रलाई अर्बौं घाटा गराएको नै हुनुपर्छ र ? हुनुपर्छ भने संविधानमै लेखौं, टन्टै साफ !’

 

पत्रकार रामबहादुर रावलले सामाजिक संजाल फेसबुकमा लेखेका छन्–‘आफूमाथिका गम्भीर आरोप खण्डन गर्ने सामथ्र्य नभए प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशी राजीनामा दिएर बाहिरिनु बुद्धिमानी हुनेछ । दोस्रो गोपाल पराजुली बन्नुभन्दा यो बाटो सुरक्षित पनि छ । केही दिनको पदको लोभले बचेखुचेको इज्जत थप छरपस्ट नहोस् । पद र संंस्थाले थप क्षति नबेहोरोस् ।’

 

संसदीय सुनुवाई विशेष समितिले दुई तिहाईले प्रधानन्यायाधीशको सिफारिस अस्वीकृत गर्न सक्छ । तर सुनुवाई समितिमा जसरी पनि यस्ता विवादास्पद न्यायाधीश पराजुलीलाई प्रधानन्यायाधीशमा अनुमोदन गर्नुपर्ने पक्षमा नेपाली कांग्रेस रहेको छ । सुनुवाई समितिमा नेकपाका ९ जना, कांग्रेसबाट ४ जना, राजपाबाट एक र फोरमबाट १ जना सांसद रहेका छन् । नेकपालाई दुई तिहाई बहुमतका लागि १ जना पुग्दैन ।

 

प्रतिक्रिया दिनुहोस
एमाले बागमती सरकारका ६ मन्त्रीको राजीनामा

    बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका ६ मन्त्रीले सामुहिक राजीनामा दिएका...

च्याउ टिप्न गएका १४ महिला परिवारको सम्पर्कमा

    कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र च्याउ टिप्न गएका महिला अन्ततः परिवारको सम्पर्कमा...

च्याउ खोज्न गएका १४ जना महिला सम्पर्कविहीन

    शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा च्याउ खोज्न गएका बेलडाँडी गाउँपालिकाका तीनजना महिलाको सकुशल...

बाढीपहिरोले यी राजमार्ग छन् अवरुद्ध

    लगातारको वर्षासँगै देशका विभिन्न स्थानमा पहिरो र बाढीका कारण देशका ९...