डा. गोविन्द केसी हत्यारा हुन्, कारवाही गर्नुपर्छ : नेकपा सांसद चौधरी



हाम्रो इकोनोमि

 

सत्तारुढ दलकी सांसद गंगा चौधरी सत्गौवाले प्रध्यापक डा. गोविन्द केसी हत्यारा भएकाले उनलाई कारवाही गर्नुपर्ने बताएकी छन् ।

 

आइतबार चिकित्सा शिक्षा विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसद चौधरीले डा. गोविन्द केसीको अनसनका कारण धेरै मान्छेले ज्यान गुमाएको भन्दै उनलाई कारवाही गर्न माग गरेकी हुन् ।

 

उनले डा. गोविन्द केसीको अनसले गर्दा दाङकै गोविन्द चौधरीको मृत्यु भएको उदाहरण पेश गरिन् । भनिन् ‘टिचिङले भर्ना नलिँदा उनको मृत्यु भयो । यसको जिम्मा कसले लिन्छ ? काङग्रेसले लिन्छ कि गोविन्द केसीले ? त्यसकारण गोविन्द केसी हत्यारा हुन् उनलाई कारवाही गर्ने कि नगर्ने ?’

 

‘चिकित्सा शिक्षा विधेयक ल्याउन ढिलो भयो, फेरि पनि विधेयकका विषयलाई लिएर आँखामा छारो हाल्ने काम भयो । १० बर्षसम्म डेण्टल मेडिकल कलेज खोल्न प्रतिबन्ध लगाउने भयो भने गरिबका छोराछोरीले के गर्ने ?,’ उनले प्रश्न गरिन् ।

 

सांसद चौधरीले मुलुक संघीययतमा गइसकेपछि यसबारे केन्द्र सरकारले नभई प्रदेश सरकारलाई नै निर्णय गर्न दिनुपर्ने पनि बताइन् ।

संसदमा दोस्रो पटक दर्ता भएको चिकित्सा शिक्षा विधेयकको संसदमा आजबाट सैद्धान्तिक छलफल सुरु भएको हो ।

प्रतिक्रिया दिनुहोस
संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य

     राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन् ।...

अडियोमा बोल्ने मान्छेहरूसँग मेरो चिनजान छैन : कृषि मन्त्री

    कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको...

वडा अधिवेशनमा सहभागी हुन देउवाको आह्वान

    नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १५औँ...

सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...