सभामुख र उपसभामुखबारे सदनमा छलफल गर्न मिल्दैन : सभामुख महरा



हाम्रो इकोनोमि

 

सभामुख कृष्णबहादुर महराले सभामुख र उपसभामुख फरक-फरक दलको हुनुपर्ने भन्दै परेको मुद्दा अदालतमा विचाराधीन रहेको भन्दै सदनमा छलफल गर्न नमिल्ने बताएका छन् ।

 

आइतबार कांग्रेस सांसद लक्ष्मी परियारले सरकारले संवैधानिक व्यवस्था अनुसार सभामुख र उपसभामुख फरक फरक दलको हुनुपर्ने व्यवस्थालाई वेवास्ता गरेको भन्दै सदनको ध्यानाकर्षण गराएकी थिइन् ।

यसअघि पनि कांग्रेस सांसदहरुले यो मुद्दा उठाउँदै आएका थिए । तर, आइतबार सभामुख महराले मुख खोलेका छन् ।

 

‘सभामुख र उपसभामुखको विषयमा केही दिनदेखि माननिय सदस्यहरुले कुरा उठाइरहनुभएको छ’ सभामुख महराले भने, ‘यो विषय अदालतमा विचाराधीन रहेको र नेपालको संविधानको धारा १०५ मा व्यवस्था भए अनुसार अदालतमा बिचाराधीन मुद्धाहरुका सन्दर्भमा न्याय निरुपणमा प्रतिकुल असर पर्ने भएका कारण यस सम्बनधमा छलफल गर्न नमिल्ने व्यहोरा जानकारी गराउँदछु ।

प्रतिक्रिया दिनुहोस
संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य

     राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन् ।...

अडियोमा बोल्ने मान्छेहरूसँग मेरो चिनजान छैन : कृषि मन्त्री

    कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको...

वडा अधिवेशनमा सहभागी हुन देउवाको आह्वान

    नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १५औँ...

सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...