निदाएको बेला प्रेमिकालाई बलात्कार गराउने प्रेमी यसरी परे पक्राउ



हाम्रो इकोनोमि

निदाएको बेला आफ्नी प्रेमिकलाई बलात्कार गराउन लाउने सशस्त्र प्रहरीका जवान पक्राउ परेका छन्। जवान रामशरण पाखरेल शुक्रबार पक्राउ परेका हुन्। उनले आफ्ना साथी चन्द्र पछाईलाई आफ्नी प्रेमिकाको इच्छाविपरीत सम्बन्ध राख्न लगाएका हुन्। पछाई पनि प्रहरी जवान हुन्। उनी पनि पक्राउ परेका छन्।

 

गत बिहीबार कलंकीको आशिवार्द गेस्ट हाउसमा बलात्कार भएको हो। सुरुमा युवती सापकोटासँग सम्बन्ध राखेर सुतेकी थिइन्। निदाएको बेला पछाईले समेत सम्बन्ध राखेको युवतीको उजुरी छ। दुवै जनालाई जबरजस्तीकरणी मुद्दामा कारबाही अघि बढाइएको महानगरीय प्रहरी वृत्त,कालिमाटी वृत्तका डिएसपी प्रदीपकुमार क्षेत्रीले बताए।

 

प्रहरीका अनुसार बिहीबार बेलुका तीन जना सँगै गेष्ट हाउसमा गएर मदिरा पिएका थिए। पोखरेल र युवती एउटा कोठामा तथा पछाई अर्को कोठामा सुते। थिए। बिहान बिउँझदा उनी नग्न अवस्थामा थिइन्। आफ्नो बेडमा प्रेमी नभई पछाई थिए।

 

प्रेमी रहेका सापकोटाले पछाईलाई गाली गर्नुभन्दा युवतीलाई सम्झाउन थालेपछि झगडा सुरु भएको हो। बिहान प्रहरीलाई खबर गरेर युवतीले दुवै जनालाई पक्राउ गराएकी हुन्। कोठामा कन्डम लगायत प्रमाण बरामद गरिएका प्रहरीले जनाएको छ।

 

पोखरेल र युवती २ वर्षअघि प्रेममा थिए। तर, बीचमा उनीहरुबीच झगडा भएको थियो। सापकोटाले नै युवतीलाई फकाएर गेस्ट हाउसमा लिएर गएका थिए।

 

प्रतिक्रिया दिनुहोस
इन्टरपोलमार्फत देउवा दम्पतीलाई नेपाल ल्याउने तयारी

    पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा, उनकी पत्नी एवं पूर्वपरराष्ट्रमन्त्री डा....

सरकारले बढायो गाडी भाडा

    सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ । इन्धनको मूल्यमा भएको उत्तारचढाव...

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

    पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा...

वाणिज्य बैंकहरुको नाफामा बृद्धि

    चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा वाणिज्य बैंकहरुले ४३ अर्ब ८८ करोड...