निदाएको बेला प्रेमिकालाई बलात्कार गराउने प्रेमी यसरी परे पक्राउ



हाम्रो इकोनोमि

निदाएको बेला आफ्नी प्रेमिकलाई बलात्कार गराउन लाउने सशस्त्र प्रहरीका जवान पक्राउ परेका छन्। जवान रामशरण पाखरेल शुक्रबार पक्राउ परेका हुन्। उनले आफ्ना साथी चन्द्र पछाईलाई आफ्नी प्रेमिकाको इच्छाविपरीत सम्बन्ध राख्न लगाएका हुन्। पछाई पनि प्रहरी जवान हुन्। उनी पनि पक्राउ परेका छन्।

 

गत बिहीबार कलंकीको आशिवार्द गेस्ट हाउसमा बलात्कार भएको हो। सुरुमा युवती सापकोटासँग सम्बन्ध राखेर सुतेकी थिइन्। निदाएको बेला पछाईले समेत सम्बन्ध राखेको युवतीको उजुरी छ। दुवै जनालाई जबरजस्तीकरणी मुद्दामा कारबाही अघि बढाइएको महानगरीय प्रहरी वृत्त,कालिमाटी वृत्तका डिएसपी प्रदीपकुमार क्षेत्रीले बताए।

 

प्रहरीका अनुसार बिहीबार बेलुका तीन जना सँगै गेष्ट हाउसमा गएर मदिरा पिएका थिए। पोखरेल र युवती एउटा कोठामा तथा पछाई अर्को कोठामा सुते। थिए। बिहान बिउँझदा उनी नग्न अवस्थामा थिइन्। आफ्नो बेडमा प्रेमी नभई पछाई थिए।

 

प्रेमी रहेका सापकोटाले पछाईलाई गाली गर्नुभन्दा युवतीलाई सम्झाउन थालेपछि झगडा सुरु भएको हो। बिहान प्रहरीलाई खबर गरेर युवतीले दुवै जनालाई पक्राउ गराएकी हुन्। कोठामा कन्डम लगायत प्रमाण बरामद गरिएका प्रहरीले जनाएको छ।

 

पोखरेल र युवती २ वर्षअघि प्रेममा थिए। तर, बीचमा उनीहरुबीच झगडा भएको थियो। सापकोटाले नै युवतीलाई फकाएर गेस्ट हाउसमा लिएर गएका थिए।

 

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...