इण्डोनेशियामा शक्तिशाली भुकम्प, १० को मृत्यु कयौं घाइते



हाम्रो इकोनोमि

 

इण्डोनेशियाको लोम्बक टापुमा ६ दशमलव ४ म्याग्निच्युडको भुकम्प गएको छ । भूकम्प जाँदा कम्तीमा १० जनाको मृत्यु भएको अन्तराष्ट्रिय संचारमाध्यमले जानकारी दिएका छन् ।

 

मानिसहरू सुतिरहेका बेला विहानै शक्तिशाली भुकम्प गएको हो । कम्तीमा ४० जना घाइते भएको विवरण प्राप्त भएका छन्। भूकम्पका कारण कैयौँ घरहरू ढलेको अथवा अरू क्षति पुगेको बताइएको छ। घरहरू भत्किन थालेपछि मानिसहरू सडकमा निस्किएका थिए। भूकम्पपछि कम्तीमा ६० वटा परकम्पहरू गएको अधिकारीहरूले बताएका छन्। नजिकैको बाली टापुमा पनि भूकम्पको झट्का महसुस गरिएको थियो।

 

बाली जस्तै लोम्बक पनि लोकप्रिय पर्यटकीय स्थल हो। अमेरिकी भूगर्भ सर्वेक्षण केन्द्रका अनुसार मटाराम शहरदेखि ५० किलोमिटर उत्तर—पूर्वमा भूकम्पको केन्द्रविन्दु थियो।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...