काठमाडौं महानगरका जनप्रतिनिधिको तलब १२ करोड, सल्लाहकारलाई ६० लाख



हाम्रो इकोनोमि

 

काठमाडौं महानगरपालिकाले चालू आर्थिक बर्षमा सल्लाहकारलाई तलब र पारिश्रमिक वापत ६० लाख रुपैंयाँ बजेट विनियोजन गरेको छ । बिकास निर्माणको कामलाई थाँती राखेर कापमाले सल्लाहकारलाई मात्रै यतिधेरै रकम विनियोजन गरेको हो ।

 

कामपाले गुरुयोजना तर्जुमा गर्न ११ विज्ञ नियुक्ती गरेको छ । कामपाले शहरी योजना आयोजनाअन्तर्गत सल्लाहकार नियुक्ती गरेको हो ।
त्यस्तै ५ जना कानुनी सल्लाहकारलाई समेत पारिश्रमिक उपलब्ध गराउँदै आएको छ ।

 

अन्य विभिन्न कामका लागि कामपाले विज्ञ र सल्लाहकार नियुक्ती गर्दै पारिश्रमिक उपलब्ध गराउँदै आएको छ । कामपाले सार्वजनिक गरेको बजेटमा यसबर्ष जनप्रतिनिधिको तलब शीर्षकमा झन्डै १२ करोड रुपैंयाँ विनियोजन गरेको छ ।

 

उनीहरुको सुविधाका लागि ९ करोड ३६ लाख रुपैंयाँ विनियोजन गरेको हो । सुविधा अन्तर्गत टेलिफोन, उपचार खर्च, पोशाक, दुर्घटना विमा र खाजाखर्च रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य

     राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन् ।...

अडियोमा बोल्ने मान्छेहरूसँग मेरो चिनजान छैन : कृषि मन्त्री

    कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको...

वडा अधिवेशनमा सहभागी हुन देउवाको आह्वान

    नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १५औँ...

सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...