काठमाडौं महानगरका जनप्रतिनिधिको तलब १२ करोड, सल्लाहकारलाई ६० लाख



हाम्रो इकोनोमि

 

काठमाडौं महानगरपालिकाले चालू आर्थिक बर्षमा सल्लाहकारलाई तलब र पारिश्रमिक वापत ६० लाख रुपैंयाँ बजेट विनियोजन गरेको छ । बिकास निर्माणको कामलाई थाँती राखेर कापमाले सल्लाहकारलाई मात्रै यतिधेरै रकम विनियोजन गरेको हो ।

 

कामपाले गुरुयोजना तर्जुमा गर्न ११ विज्ञ नियुक्ती गरेको छ । कामपाले शहरी योजना आयोजनाअन्तर्गत सल्लाहकार नियुक्ती गरेको हो ।
त्यस्तै ५ जना कानुनी सल्लाहकारलाई समेत पारिश्रमिक उपलब्ध गराउँदै आएको छ ।

 

अन्य विभिन्न कामका लागि कामपाले विज्ञ र सल्लाहकार नियुक्ती गर्दै पारिश्रमिक उपलब्ध गराउँदै आएको छ । कामपाले सार्वजनिक गरेको बजेटमा यसबर्ष जनप्रतिनिधिको तलब शीर्षकमा झन्डै १२ करोड रुपैंयाँ विनियोजन गरेको छ ।

 

उनीहरुको सुविधाका लागि ९ करोड ३६ लाख रुपैंयाँ विनियोजन गरेको हो । सुविधा अन्तर्गत टेलिफोन, उपचार खर्च, पोशाक, दुर्घटना विमा र खाजाखर्च रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...