समृद्धिको अभियानमा लाग्दा प्रतिपक्ष नबनौं भन्दै नारायणकाजी श्रेष्ठले यसरी सम्झाए कांग्रेसलाई



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले मुलुकको समृद्धि अभियानमा सबैलार्इ सरिक हुन अपील गरेका छन् ।

 

शुक्रबार महोत्तरीको बर्दिवास नगरपालिकाले आयोजन गरेको नीति, कार्यक्रम तथा वजेट सार्वजनिकीकरण समारोहलाई सम्बोधन गर्दै प्रवक्ता श्रेष्ठले समृद्धिको अभियानमा कोही पनि प्रतिपक्षी हुन नहुने बताए ।

‘चुनाव र सरकार सञ्चालनको जिम्मेवारी तोकिएको अवधिका लागि हुन्,’ उनले भने, ‘विगतको चुनावी तुष राखियो भने बिकास र समृद्धिको अभियानले गति लिदैन ।’ समृद्धि आम नेपालीको साझा चाहना र आकाङ्क्षा भएकाले सबैले यसमा खुला र सहयोगी भूमिका खेल्नुपर्ने श्रेष्ठले बताए ।

 

उनले जनतालाई सुशासनको अनुभूति दिलाउन भ्रष्टाचारमुक्त सेवा प्रवाह सङ्घीय, प्रादेशिक र स्थानीय सरकारका प्रतिनिधिले दिनैपर्ने बताए । भ्रष्टाचार नियन्त्रण गर्न नसके समृद्धि, बिकास र सुशासनका कुरा फगत गफ हुने कुरा राम्ररी बुझन आफ्नो पार्टीबाट स्थानीयतहमा निर्वाचित प्रतिनिधिलाई उनले सचेत गराएका छन् ।

 

समारोहमा राष्ट्रियसभाका उपाध्यक्ष सशीकला दाहाल र नेकपाका स्थायी समिति सदस्य तथा प्रदेश २ का प्रदेशसभा सदस्य सत्यनारायण मण्डलले सार्वजनिक गरिएको नीति , कार्यक्रम तथा वजेटको सफल कार्यान्वयनले मात्र जनताले परिवर्तनको अनुभूति गर्नसक्ने उल्लेख गरे ।

 

कार्यक्रममा बर्दिवास नगरपालिका नगर प्रमुख बिदुरकुमार कार्कीले आर्थिक बर्ष ०७५र७६ का लागि नगरसभाले पारित गरेको नीति कार्यक्रम र ८७ करोड ३९ लाख ६ हजारको वजेट सार्वजनिक गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस
संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य

     राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन् ।...

अडियोमा बोल्ने मान्छेहरूसँग मेरो चिनजान छैन : कृषि मन्त्री

    कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको...

वडा अधिवेशनमा सहभागी हुन देउवाको आह्वान

    नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १५औँ...

सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...