प्रधानमन्त्रीले मागे विदेश घुम्ने कर्मचारीको विवरण, पैसाको मात्र मुख ताकी जनताको सेवा नगर्ने कर्मचारीलाई यसरी हान्दै भाटा



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले मितव्ययी नीति अन्तर्गत मन्त्री र कर्मचारीहरुलाई विदेश भ्रमणमा कडाइ गरेको बताएका छन् ।

 

नेपाल नगरपालिका संघको प्रतिनिधिमण्डलसँगको छलफलमा उनले विदेश जाने, घुमेर आउने मात्र गर्नाले ठूलो धनराशी खर्च हुने तर उपलब्धी शून्य हुने आफ्नो निष्कर्ष रहेको बताए ।

‘गत बर्ष मन्त्रालयगत रुपमा कति कर्मचारी विदेश गएका छन् त्यस वापत कति रकम खर्च भएको छ त्यसको पूर्ण विवरण मैले मगाएको छु’ प्रधानमन्त्री ओलीले भने ‘साउन २० गतेसम्ममा यो विवरण प्राप्त हुन्छ । त्यसपछि विदेश भ्रमणको उपलब्धी र क्षतिबारे समीक्षा हुन्छ ।’

 

प्रधानमन्त्री ओलीले स्थानीय तहका जनप्रतिनिधिलाई पनि खर्चमा कडाइ गरेको जानकारी दिए । दाताको खर्चमा विदेशमा जाँदा आन्तरिक खर्च नभए पनि सेवाग्राहीलाई दिनुपर्ने समयको क्षति हुने उनको भनाइ छ ।

 

महासंघको प्रतिनिधिमण्डलले प्रधानमन्त्री ओलीलाई विभिन्न बिषयमा ध्यानाकर्षण पत्र बुझाएको छ । प्रतिनिधिमण्डलले कर्मचारी समायोजनमा तदारुकता देखाउनुपर्ने, विषयगत कार्यालयको हस्तान्तरण गर्नुपर्ने, एकीकृत सम्पत्ति करको निरन्तरता, जनप्रतिधिहरुको सुरक्षाको प्रत्याभूतिलगायत १६ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ ।

 

प्रधानमन्त्री ओलीले सम्बन्धित मन्त्रीहरुसँग यस बिषयमा छलफल गर्ने आश्वासन दिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस
नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...

नीति र नेतृत्वलाई जनताले अस्वीकार गरे : योगेश

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले हालै सम्पन्न निर्वाचनको परिणामले पार्टीको नीति...

कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन

    गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी...

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

    प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा (एमाले)का उमेदवार क्षितिज थेबे विजयी भएका...