डा. केसीले अनसन तोडेर आफ्नो मुद्धामा धोका दियो भन्दै शेरबहादुरले गरे रोईलो, अब यसरी खन्दैछन् केसीको उनले खोईरो



 

नौं बुँदे सहमतिका साथ त्रिबि शिक्षण अस्पतालका बरिष्ठ चिकित्सक प्रा डा. गोबिन्द केसीको अनसन तोडिएपछि कांग्रेस र बिवेकशील साझाका नेताहरु मर्माहतसँगै निकै आक्रोशित समेत बनेको तथ्य खुलेको छ । डाक्टर केसीको अनसनलाई हतियार बनाएर समृद्ध नेपाल स् सुखी नेपालीको नारा साकार हुन नदिन सडक र सदनमा बितण्डा मच्चाउने योजना असफ लबनेको भन्दै कांग्रेस सभापति शेरबहादुर देउवा, पूर्वस्वास्थ्यमन्त्री गगन थापा र बिवेकशील साझाका संयोजक रबिन्द्र मिश्र डाक्टर केसीप्रति नै आक्रोशित बनेका हुन ।

 

प्रधानमन्त्री केपी शर्मा ओलीले डाक्टर केसीको अनसन अन्तिम हुनुपर्ने निचोडसहित आफ्ना बिशेष प्रतिनिधिका रुपमा संसदीइ दलका उपनेता नेम्वाङलाई खटाउनु भएको थियो भने महासचिव बिष्णु पौडेलले पनि सहमतिका लागि अथक प्रयाश गर्नुभएको थियो । दुवै नेतालाई प्रधानमन्त्री ओलीले अनसनको माग सम्बोधन गर्ने भन्दा पनि शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारका लागि गर्नूपर्ने सवै काम अघि बढाउने गरी बार्ता गर्न निर्देशन दिनभएको थियो ।

 

प्रधानमन्त्रीले अनसनरत डाक्टर केसीले उठाएको माथेमा आयोगको प्रतिवेदन कार्यान्वयन गर्नुपर्ने मागलाई कार्यान्वयन गर्न स्वयं केदारभक्त माथेमालाई बोलाएर कसरी निकास दिने र कसरी फेरि अनसन बस्न नपर्ने अवस्था सिर्जना गर्ने भन्दै चिकित्सा शिक्षा बिद्येयकमा गर्नुपर्ने सुधारको बिषयमा सहमति जुटाउनु भयो ।

 

यता कांग्रेस र बिवेकशीलका नेताहरुले भने डाक्टर केसीलाई अनसन जारी राख्न बाध्य बनाएर मृत्युवरणको अवस्थामा पु¥याउने र सरकारबिरुद्ध सडकमा आदोलन गरेर काम गर्न नदिने योजना बनाएको थियो । तर एकाएक सहमति भई डाक्टर केसीले अनसन तोडेपछि देउवादेखि गगन थापा र रबिन्द्र मिश्रहरु फटाह डाक्टरले धोको दियो, हामीलाई फसायो, आफू जोगियो भन्दै आक्रोश पोखेका हुन ।

 

‘डाक्टर केसीले सत्तारुढ दलकै नेताको हातबाट जुस पिएर अनसन तोडेपछि देउवा निकै आक्रोशित बनेको बुढानिलकण्ठ स्रोतले बतायो । ‘हामीले सुशिला कार्कीसम्मलाई सडकमा ल्याएर ओलीबिरुद्ध बोल्न लगायौं, त्यही ओलीकै मान्छेबाट जुस पिएर डाक्टरले हामी कोही होइनौं भन्ने देखायो, यस्को बिश्वास गर्दा डुबियो अव के गर्ने होला रु’ देउवाको आक्रोश उधृत गर्दै कांग्रेसका एक नेताले भने ।

 

उनका अनुसार बिहीवार राती देउवाले यही तनावमा आफ्नो कोटासमेत निकै बढाउनु भएको थियो । ‘गोबिन्द केसीले सारै ठुलो बदमासी गर्यो भन्ने उहाँको बुझाइ छ, अनसन तोडदा कांग्रेस सभापतिको हैसियतले आफूले जुस पिलाउनु पर्ने तर्कपनि उहाँको छ,’ ती नेताले भने । डाक्टर केसीको माग पूरा हुनुपर्ने र जीवन रक्षाको माग गर्दै संसद अवरोध र सडकमा बितण्डा मच्चाएको कांग्रेस र बिवेकशील साझा केसीको अनसन तोडिएसँगै मुद्दाबिहीन बनेका छन ।

 

गंगामाया अधिकारीको जीवन रक्षा, इन्टरनेटको शुल्क बृद्धि र डाक्टर केसीको अनसनलाई हतियार बनाएर आन्दोलन थालेको कांग्रेस र बिवेकशीलसँग तीन ओटै मुद्दा समाधान भएपछि तनाव बढेको छ । बिहीवार नै सरकारले बृद्धि भएको इन्टरनेटको शुल्क फिर्ता लिने र बढी लिइएको रकम फिर्ता दिने सहमति गरिसकेको छ ।

 

इन्टरनेटमा मुल्य बढायो भन्दै युवा युवती उचाल्ने, गंगामाया र डाक्टर केसीको जीवन रक्षा भन्दै अमेरिकी र युरोपियन लगानीमा नेपालमा बितण्डा मच्चाएर सरकारलाई काम गर्न नदिने योजना तुहिएको भन्दै देउवादेखि थापा र मिश्रसम्म निकै आक्रोशित बनेको स्रोतले बतायो । सरकार र डाक्टर केसीबीच बुधवार नै सहमति भएपनि कांग्रेस नेता थापाले बार्ता टोली सदस्य रहेका डा अभिषेकराज सिंह र ओमप्रकाश अर्याललाई भेटेरै जसरी पनि बार्ता भाँडन निर्देशन दिनुभएको थियो ।

 

‘सरकारले सवै कुरा पूरा गर्यो भने पनि एउटा न एउटा कुरा थपेर बार्ता भाँडनोस, डाक्टर केसीको मुद्दालाई अन्त्राष्ट्रियकरण गर्दै ओली सरकार असफल बनाउने र सडक तताउने कामको लागि अनसन तोडिनु हुन्न,’ सिंह र बिवेकशील साझाका नेता अर्यालसँग थापाको भनाई थियो ।सिंह र अर्यालले नि बार्ता भाँडेरै छाडने भन्दै सेल्फी खिचाएर मन्द मुस्कार छर्नुभएको थियो ।

 

तर प्रधानमन्त्री ओलीले नेम्वाङ, पौडेललाई खटाएर बिभिन्न पक्षसँग बार्ता गर्ने र आफू स्वयंले माथेमासँग कुराकानी गरेपछि बार्ता भाँडेर डाक्टर केसीलाई मृत्युबरण गर्न बाध्य बनाउने र सरकारमाथि आक्रमण गर्ने योजना तुहिएको थियो । त्यसो त सरकारलाई योजनाअनुसार काम गर्न नदिन डिएफआइडीदेखि अन्य थुप्रै निकायले कांग्रेस, बिवेकशील साझाका नेतादेखि पूर्व संबैधानिक निकायका पदाधिकारीसम्मलाई ठुलै अफरसहित खर्च उपलब्ध गराउने काम गरेको छ ।

 

सोही खर्चका आधारमा डलरवादीहरुले पूर्वराष्ट्रपति डा. रामबरण यादवदेखि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीसम्मलाई केसीको नाममा मुलुकमा बितण्डा मच्चाउन प्रयोग गरेको स्रोतको भनाई छ । स्रोतका अनुसार देउवा आफैले कार्कीलाई सडकमा उतार्नुभएको थियो भने पूर्वराष्ट्रपति यादवलाई अमेरिकी फण्डिङ भित्र्याउने प्रमुखमध्येका एक हरि शर्माले अनसनमा ऐक्यवद्धता जनाउन बाध्य बनाएका थिए । उनीहरुले बिदेसी एजेन्सी प्रयोग गरी सम्पादकहरुलाई समेत केसी आन्दोलनमा ऐक्यवद्धता जनाउन लगाएको स्रोतको भनाई छ ।

 

सम्पादकको जागिर गएको अवस्थामा पनि आफूहरुले अहिले खाइपाइ आएको भन्दा बढी रकम उपलब्ध गराउने भन्दै सम्पादकको जुलुस अनसनस्थलमा लगाइएको र पदीय मर्यादाबिपरित ऐक्यवद्धतासमेत जनाउन बाध्य पारिएको स्रोतले बतायो । सरकारबिरुद्ध आन्दोलन छेडने कांग्रेस सभापति शेरबहादुर देउवा र बिवेकशिल साझा पार्टीका संयोजक रबिन्द्र मिश्रको योजना तुहिएपछि आक्रोशित बनेका हुन ।

 

प्रतिक्रिया दिनुहोस
कांग्रेस-एमालेबाहेकका दलसँग माओवादीले गठबन्धन गर्ने

    प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले मंसिर १६ गते हुने उपनिर्वाचनमा

सन्दीप विरुद्धको मुद्दामा महान्यायाधिवक्ता कार्यालयले पुनरावेदन नगर्ने

    महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा पुनरावेदन नगर्ने निर्णय गरेको

माधवको नेकपा एस फुटने पक्का, १०० बढी नेताको बिद्रोह

     नेकपा एसका नेताहरुले अध्यक्ष माधवकुमार नेपाललाई पार्टीको आन्तरिक एकता जोगाइ राख्न

पुण्य गौतममाथि सांघातिक आक्रमण, आइसीयूमा उपचार हुदै

    सामाजिक अभियन्ता पुण्य गौतममाथि सांघातिक आक्रमण भएको छ । हिजो राति