जनताबाट अस्वीकृत भएकाहरुको चुरीफुरी मान्य हुँदैन : प्रधानमन्त्री



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी ओलीले जनताबाट अस्वीकृत भएकाहरुको चुरीफुरी उपयुक्त नहुने बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को संसदीय दलको बैठकलाई आज बालुवाटारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

 

प्रधानमन्त्री ओलीले संसदमा सांसदहरुलाई सरकारका काम कारबाहीका बारेमा डटेर कुरा राख्न निर्देश्न समेत दिएका छन् । उनले भने – ‘संसदीय अभ्यासमा अभ्यस्त भइसकेका साथीहरुले अगुवाइ गर्ने, नयाँ साथीहरुले त्यसलाई पछ्याउने गर्नुपर्यो ।’ ‘शिर्ष नेताहरुले सरकार, नीति तथा कार्यक्रम र बजेटका पक्षमा खुलेर कुरा राख्नु पर्छ । जसले गर्दा संसद र जनतामा पनि राम्रो सन्देश प्रवाह हुन्छ ।’– उनले भने ।

 

संसदमा एक दुईजना उभिएका भरमा संसद अवरुद्ध हुन दिनु नुहुने प्रधानमन्त्री ओलीको भनाइ छ । प्रधानमन्त्री ओलीले असोज ३ गते सम्ममा कानुनहरु बनाइ सक्नु पर्ने भएकोले संसद अवरुद्धताले यो कार्यसूचीलाई असर गर्ने बताएका छन् । ‘यी सबै काम समयमै सक्नका लागि हाम्रा सांसदहरुले सभामुख र राष्ट्रिय सभाका अध्यक्षलाई बल दिनु पर्दछ । ’ प्रधानमन्त्री ओलीले भने ।

 

मन्त्रलाय विभाजनको बारेमा बोल्दै प्रधानमन्त्री ओलीले भने ‘संविधानले २५ वटासम्म मन्त्रालय र मन्त्री बनाउन अधिकार दिएको छ, त्यस कारण आवश्यकता अनुसार मन्त्रालय विभाजन गरिएको हो ।’

कार्यक्रममा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि पार्टी सरकार विरुद्ध भइरहेका षडयन्त्रलाई चिर्नु पर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य

     राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन् ।...

अडियोमा बोल्ने मान्छेहरूसँग मेरो चिनजान छैन : कृषि मन्त्री

    कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको...

वडा अधिवेशनमा सहभागी हुन देउवाको आह्वान

    नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १५औँ...

सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...