भारतले पुनर्निर्माणका लागि नेपाललाई दियो दुई अर्ब १० करोड, ७५० मिलियन अमिरिकी डलर सहुलियत ऋण पनि दिने



 

मित्रराष्ट्र भारतले नेपाल सरकारलाई दुई अर्ब १० करोड रुपैयाँबराबरको चेक उपलब्‍ध गराएको छ। शुक्रबार अर्थमन्त्री डा. युवराज खतिवडाको उपस्थितिमा नेपालका लागि भारतका राजदूत मञ्जिवसिंह पुरीले अर्थसचिव डा. राजन खनाललाई चेक उपलब्ध गराएका हुन्।

 

भारतले २०७२ सालको भूकम्पपछि पुनर्निर्माणका लागि दिने भनेको सहयोगअन्तर्गत शुक्रबार २० मिलियन डलरबारबरको रकम उपलब्ध गराएको हो। ८ फागुन ०७२ मा नुवाकोट र गोरखमा ५० हजार घर निर्माणको लागि १०० मिलियन डलर अर्थात् दुई खर्ब रुपैया रकम उपलब्ध गराउने प्रतिबद्धता जनाएको थियो। सोही प्रतिबद्धताअनुसार ४२ हजार ८६ जनालाई घर निर्माणका लागि पहिलो चरणअन्तर्गतका दुई अर्ब १० करोड रुपैयाँको सहयोग रकम उपलब्ध गराएकोहो।

 

त्यस्तै, भारतले त्यो समयमा ७५० मिलियन अमिरिकी डलर सहुलियत ऋण उपलब्ध गराउने प्रतिबद्धता जनाएको थियो। शुक्रबार चेक हस्तान्तरण गर्दै केही महिनाभित्रै दोस्रो र तेस्रो किस्ताअन्तर्गतको रकम पनि उपलब्ध गराउने नेपालका लागि भारतीय राजदूत पुरीले बताए। उनले नेपालसँग भारतको भाइचाराको सम्बन्ध रहेको बताउँदै यस्ता किसिमका सहयोग आदानप्रदान भइरहने बताए। उनले भूकम्पपछिको पुनर्निर्माणमा नेपाललाई परेको दु:खमा भारतले गरेको सहयोग मात्रै भएको बताउँदै नेपालको ‘सुखी नेपाली समृद्ध नेपाल अभियान’ भारत सधैँ सहयोगी भूमिकामा रहने प्रतिबद्धतासमेत जनाएका छन्।

 

पुरीले नेपालका प्रधानमन्त्री भारत जाँदा र भारतका प्रधानमन्त्री नेपाल आउँदा भएका हरेक सहमति कार्यान्वयन गराउन दूतावास केन्द्रित हुने बताए। अर्थसचिव डा. राजन खनाले भारतले प्रतिबद्धता गरेकै क्षेत्रमा सहयोग रकम खर्च हुने बताए। उनले दुई आपसमा अझ बढी प्रगाढ सम्बन्ध कायम हुनेसमेत विश्‍वास व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस
कांग्रेस-एमालेबाहेकका दलसँग माओवादीले गठबन्धन गर्ने

    प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले मंसिर १६ गते हुने उपनिर्वाचनमा

सन्दीप विरुद्धको मुद्दामा महान्यायाधिवक्ता कार्यालयले पुनरावेदन नगर्ने

    महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा पुनरावेदन नगर्ने निर्णय गरेको

माधवको नेकपा एस फुटने पक्का, १०० बढी नेताको बिद्रोह

     नेकपा एसका नेताहरुले अध्यक्ष माधवकुमार नेपाललाई पार्टीको आन्तरिक एकता जोगाइ राख्न

पुण्य गौतममाथि सांघातिक आक्रमण, आइसीयूमा उपचार हुदै

    सामाजिक अभियन्ता पुण्य गौतममाथि सांघातिक आक्रमण भएको छ । हिजो राति