अमेरिकालाई इरानको धम्की – हामी लड्न तयार छौँ



हाम्रो इकोनोमि

 

इरायिन स्पेस फोर्सका कमाण्डरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इरानमाथि आक्रमण गरे आफ्नो सबै उपलब्धिहरु गुमाउने चेतावनी दिएका छन् ।

 

इरानका मेजर जनरल क्वासाम सोलेइमानीले यदि ट्रम्पले युद्धको सुरुवात गरेको खण्डमा इस्लामिक मुलुकले अमेरिकालाई सिध्याइदिने चेतावनी दिएका हुन्। इरानियन समाचार एजेन्सीले दिएको जानकारीअनुसार अमेरिकी राष्ट्रपति ट्रम्पले इरानले कहिल्यै पनि अमेरिकालाई धम्की दिन नसक्ने अवस्थामा पुर्‍याउने चेतावनी दिएसँगै इरानको तर्फबाट यस किसिमको धम्की आएको हो ।

 

सन् २०१५ मा इरानसँग भएको न्युक्लियर सम्झौताबाट अमेरिका बाहिरिने निर्णय गरेसँगै दुई मुलुकहरुको बीचमा तनाव बढ्दै गएको हो। विहीबार इरानी सेनाका प्रमुखले एक सिपाहीको रुपमा अमेरिकाको चेतावनीको उचित उत्तर दिनु आफ्नो कर्तव्य रहेको पनि बताएका छन् ।

 

उनले ट्रम्पलाई संकेत गर्दै आफूसँग आएर कुरा गर्नको लागि चेतावनी दिए । यसको उचित उत्तर दिने काम पनि आफूहरुको रहेको उनको भनाइ छ ।

 

अमेरिकी राष्ट्रपतिले सामाजिक सञ्जालमार्फत् इरानलाई चेतावनी दिएको २ दिनपछि उनले एक इरानी समुहसँगको भेटको क्रममा भने इरानसँग वास्तविक सम्झौताको लागि आफू तयार रहेको बताएका थिए । सन् २०१५ मा भएको इरान सम्झौतामा हस्ताक्षर गर्ने बेलायत, फ्रान्स, चीन, रुस र जर्मनीले भने यो सम्झौतालाई अमेरिका विना नै अघि बढाउनुपर्ने बताउँदै आएका छन् । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...