सरकार र डा. केसीको वार्ता टोलीबीच यसरी भयो ९ बुँदे सहमति, केसीले भने अबदेखि अनशन बस्दिन



हाम्रो इकोनोमि

२७ दिन लामो अनशन सरकारसँग वार्ता भएपछि डा. केसीले आज तोडेका छन् । डा. गोविन्द केसीका वार्ता टोली र सरकारी वर्ता टोलीबीच लामो छलफलपछि आज ९ बुँदे सहमतिपत्रमा हस्ताक्षर गर्दै अनशन तोडेका हुन । अनशन तोड्दै केसीले भने अबदेखि कहिल्यै अनशन बस्दिन ।

 

यद्यपी सहमतिलाई अन्तिम रुप दिन भाषा मिलाउने काम भइरहेको वार्ता प्रक्रियामा सहभागी नेकपा स‌ंसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले बताए ।

 

बिहीबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहरबारमा सरकारी र केसीको वार्ता टोलीबीच भएको सहमतिको बुँदा डा। केसीलाई पनि सुनाइएको थियो ।

त्यसपछि सहमतिका विषयलाई प्रधानमन्त्री निवास बालुवाटारमा अन्तिम रुप दिन लागिएको हो ।

 

बालुवाटारमा भएको सहमतिमा केसीले पनि सहमति जनाएमा बिहीबार नै उनको अनसन तोडिनेछ । केसी अनसन तोड्न राजी भएमा नेकपा संसदीय दलका उपनेता नेम्वाङ केसीलाई भेट्न शिक्षण अस्पताल जाने उनले बताए ।

 

प्रतिक्रिया दिनुहोस
गति अनुसार मति बनाउन ईश्वरको सुझाव

  नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीको ऐतिहासिक पृष्ठभूमि, सिद्धान्त र संगठनात्मक मजबुतीलाई...

सभामुखमा डीपी अर्यालको उम्मेदवारी दर्ता

    रास्वपा उपसभापति डोलप्रसाद अर्याल (डीपी अर्याल)ले सभामुख पदमा मनोनयन दर्ता गराएका...

एसईईका नक्कली परीक्षार्थी पक्राउ

     माध्यमिक शिक्षा परीक्षा (एसईई)मा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक...

युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...