सुन तस्कर समातेकोमा यूएईलाई यसरी दिए धन्यवाद गृहमन्त्री बादलले



हाम्रो इकोनोमि

३८ क्वीन्टल सुन तस्करी प्रकरणमा संयुक्त अरब ईमिरेट्स ९यूएई०ले नेपाल सरकारलाई सहयोग गरेको भन्दै गृहमन्त्री रामबहादुर थापा बादलले यूएई सरकारलाई धन्यवाद दिएका छन् ।

शिष्टाचार भेटका लागि बिहीबार गृहमन्त्रालय पुगेका यूएईका राजदूत साईद हम्दान मोहम्मद अल नाक्बिमार्फत गृहमन्त्री थापाले धन्यवाद दिएका हुन् ।

 

सुन तस्करीबारे अनुसन्धान गर्ने क्रममा नेपाल सरकारको आग्रहअनुसार यूएईले एकजनालाई पक्राउ गरी नेपाल पठाउन सहयोग गरेको थियो ।

 

भेटकै क्रममा गृहमन्त्री थापाले यूएईमा कार्यरत नेपाली कामदारहरुको संरक्षण र वृत्ति विकासमा सहयोग गर्न राजदूत साईद हम्दानलाई आग्रहसमेत गरेका छन् ।

 

भेटमा राजदूत नाक्बिले मानव तस्करी र अन्य किसिमका तस्करी रोक्नेबारे नेपाल र यूएईबीच कुनै किसिमको सम्झौता नभएका कारण केही समस्या देखिएको भन्दै नेपालले यस्तो प्रकारको सम्झौता गर्न चाहे यूएई तयार रहेको प्रष्ट पारेका थिए ।

 

यूएईका उपप्रधान तथा गृहमन्त्रीका तर्फबाट राजदूत नाक्बिले गृहमन्त्री थापालाई यूएई भ्रमणका लागि निमन्त्रणा गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस
ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...

सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

चन्द्रागिरि नगरपालिका–१२ सतुङ्गलमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।...

एमालेको प्रचारप्रसार गर्न ज्योति मगर भृकुटी मण्डप पुगिन्

  दोहोरी गायिका ज्योति मगर नेकपा एमालेको महाधिवेशनस्थल भृकुटीमण्डप पुगेकी छन् । मंगलबार...