अदालतका सबै बहस लाईभ र अदालतभित्र विचौलियालाई निषेध गरौंः सांसद भट्टराई



हाम्रो इकोनोमि

 

नेकपाका सांसद योगेश भट्टराईले अदालतका सबै बेञ्च र बहस लाइभ गर्न आग्रह गरेका छन् । सर्वोच्च अदालतका प्रधान न्यायाधीश नियुक्तिका लागि संसदको सुनुवाई समितिमा बोल्दै भट्टराइले अदालतका काम कारवाहीलाई पारदर्शी बनाउन र अदालतभित्र लोकतान्त्रिक अभ्यासका लागि यो विधि अप्नाउन सुझाव दिएका हुन् ।

 

समितिको बैठकमा प्रधानन्याधीशका लागि दीपकराज जोशीमाथिको सुनुवाईबारे बोल्दै सांसद भट्टराईले अदालतमा विचौलियाको विग्विगी रहेको बताए । उनले अदालतले विचौलियालाई निषेध गर्नु पर्ने कुरामा समेत जोड दिए ।

 

सांसद भट्टराईले सर्वोच्च अदालतमा देखिने गरी १२ करोड वैदेशिक लगानी भएको दाबी गर्दै विगत १० वर्षमा कति पैसा आयो सार्वजनिक गर्न आग्रह समेत गरे ।

 

उनले भने, ‘विगत १० वर्षमा कति वैदेशिक लगानी आयो ? त्यो के–केमा खर्च भयो ? त्यसको प्रतिवेदन आओस् भन्न चाहान्छु । कतै न्यायाधीश बस्ने कुर्सीको पछाडि विदेशी संस्थाको लोगो त छैन ? यस्तो हुनु राम्रो विषय होइन ।’

 

सांसद भट्टराईले कायममुकायम प्रधानन्यायाधीश दिपकराज जोशीलाई उनले फैसला गरेको हाडिगाउँ र बालुवाटारको सरकारी जग्गाको मुद्दाको विवादबारे प्रश्न समेत गरे ।

प्रतिक्रिया दिनुहोस
संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य

     राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन् ।...

अडियोमा बोल्ने मान्छेहरूसँग मेरो चिनजान छैन : कृषि मन्त्री

    कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको...

वडा अधिवेशनमा सहभागी हुन देउवाको आह्वान

    नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १५औँ...

सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...