महिला आयोगमा दुर्गा प्रसाईविरुद्ध नेविसंघले ग¥यो उजुरी, पक्राऊ पर्लान त प्रसाई



हाम्रो इकोनोमि

 

बंगलादेशमा डाक्टर पढ्ने नेपाली चेलीहरुले आफ्नो शरीरसँग सर्टिफिकेट साटिरहेको विवादास्पद अभिव्यक्ति दिएका दुर्गा प्रसाईविरुद्ध उजुरी परेको छ।

 

झापाको विर्तामोडस्थित बीएण्डसी मेडिकल कलेजका प्रबन्ध निर्देशक प्रसाईंमाथि कारबाही माग गर्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले राष्ट्रिय महिला आयोगमा उजुरी दर्ता गराएको हो ।

 

प्रसाईंले १४ महिनाअघि गरेको एक पत्रकार सम्मेलनमा डाक्टर पढ्न बंगलादेश जाने छात्राहरूलाई त्यहाँका शिक्षकहरुले करणी गरेर नौ वर्षसम्म राख्ने गरेको विवादास्पद अभिव्यक्ति दिएका थिए ।

 

त्यही अभिव्यक्तिलाई लिएर आलोचना भइरहेका बेला नेविसंघले आयोगमा उजुरी दिएको हो। महिलाहरूको अस्मिताविरुद्ध बोल्नेलाई कारबाही माग गर्दै ज्ञापनपत्र दिइएको नेविसंघकी केन्द्रीय सदस्य जानुका पन्तले बताइन् ।

 

उजुरी दिएको बारेमा नेविसंघले विज्ञप्ती पनि निकालेको छ । उसले प्रसाईलाई कारबाही नगर्ने हो भने उनको मनपरी अझै बढ्ने जिकिर गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस
ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...

सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

चन्द्रागिरि नगरपालिका–१२ सतुङ्गलमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।...

एमालेको प्रचारप्रसार गर्न ज्योति मगर भृकुटी मण्डप पुगिन्

  दोहोरी गायिका ज्योति मगर नेकपा एमालेको महाधिवेशनस्थल भृकुटीमण्डप पुगेकी छन् । मंगलबार...