महिला आयोगमा दुर्गा प्रसाईविरुद्ध नेविसंघले ग¥यो उजुरी, पक्राऊ पर्लान त प्रसाई



हाम्रो इकोनोमि

 

बंगलादेशमा डाक्टर पढ्ने नेपाली चेलीहरुले आफ्नो शरीरसँग सर्टिफिकेट साटिरहेको विवादास्पद अभिव्यक्ति दिएका दुर्गा प्रसाईविरुद्ध उजुरी परेको छ।

 

झापाको विर्तामोडस्थित बीएण्डसी मेडिकल कलेजका प्रबन्ध निर्देशक प्रसाईंमाथि कारबाही माग गर्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले राष्ट्रिय महिला आयोगमा उजुरी दर्ता गराएको हो ।

 

प्रसाईंले १४ महिनाअघि गरेको एक पत्रकार सम्मेलनमा डाक्टर पढ्न बंगलादेश जाने छात्राहरूलाई त्यहाँका शिक्षकहरुले करणी गरेर नौ वर्षसम्म राख्ने गरेको विवादास्पद अभिव्यक्ति दिएका थिए ।

 

त्यही अभिव्यक्तिलाई लिएर आलोचना भइरहेका बेला नेविसंघले आयोगमा उजुरी दिएको हो। महिलाहरूको अस्मिताविरुद्ध बोल्नेलाई कारबाही माग गर्दै ज्ञापनपत्र दिइएको नेविसंघकी केन्द्रीय सदस्य जानुका पन्तले बताइन् ।

 

उजुरी दिएको बारेमा नेविसंघले विज्ञप्ती पनि निकालेको छ । उसले प्रसाईलाई कारबाही नगर्ने हो भने उनको मनपरी अझै बढ्ने जिकिर गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस
गति अनुसार मति बनाउन ईश्वरको सुझाव

  नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीको ऐतिहासिक पृष्ठभूमि, सिद्धान्त र संगठनात्मक मजबुतीलाई...

सभामुखमा डीपी अर्यालको उम्मेदवारी दर्ता

    रास्वपा उपसभापति डोलप्रसाद अर्याल (डीपी अर्याल)ले सभामुख पदमा मनोनयन दर्ता गराएका...

एसईईका नक्कली परीक्षार्थी पक्राउ

     माध्यमिक शिक्षा परीक्षा (एसईई)मा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक...

युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...