बढ्दैछ सम्बन्ध विच्छेद गर्नेको संख्या बढ्दो, यस्तो छ कारण



हाम्रो इकोनोमि

 

सोलुखुम्बु जिल्लामा अघिल्लो वर्षको तुलनामा सम्बन्ध विच्छेदका मुद्दा बढेका छन् ।

 

आव २०७३र७४ मा सम्बन्ध विच्छेदका मुद्दा १३ वटा रहेकामा २०७४र७५ मा बढेर १८ पुगेको छ । जुन जम्मा मुद्दाको करीब ११ प्रतिशत हुन आउछ ।

 

सम्बन्ध विच्छेदका मुद्दामध्ये १४ वटा फछ्र्योट भएको र चार वटा मुद्दा बाँकी रहेर चालु आवमा सरेका छन् । सम्बन्ध विच्छेदका मुद्दा बढ्नुमा प्रेम विवाह, कम उमेरमा हुने विवाह, अन्तरजातीय विवाह र वैदेशिक रोजगारी मुख्य कारण रहेको जिल्ला अदालतका नायब सुब्बा भगिश्वर रसाइलीले जानकारी दिए । यस्तै आव २०७४र०७५ मा जबर्जस्ती करणीका मुद्दा २० वटा परेका छन् ।

 

मेलमिलापका लागि पठाइएका ४६ वटा मुद्दामा जम्मा १६ वटा मुद्दामात्र मेलमिलाप भएका छन् । मेलमिलाप हुन नसक्नुका कारणमा सम्बन्धित व्यक्ति उपस्थित नहुनु, मुद्दा दायर गरेर पनि छलफलमा नआउनु र वारेसनामाजस्ता कारणले मेलमिलापबाट छिनोफानो हुने मुद्दाको संख्या कम भएको अदालतको भनाइ छ ।

 

यसैगरी गाली बेज्जतिमा १० मुद्दा परेको र १० वटै फैसला भएका छन् । संगठित अपराधका मुद्दा चार वटा परेकामा दुई फछ्र्योट भए । कर्तव्य ज्यान मुद्दामा चार मुद्दा परेको र चारवटै फैसला भएको जिल्ला अदालतले जानकारी दिएको छ ।

 

जिल्ला अदालतलाई ७५ प्रतिशत मुद्दा फैसला गर्न दिएको लक्ष्यअनुसार ७६ दशमलव ८२ प्रतिशत मुद्दाको फैसला भएको अदालतका नायब सुब्बा रसाइलीको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस
इन्टरपोलमार्फत देउवा दम्पतीलाई नेपाल ल्याउने तयारी

    पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा, उनकी पत्नी एवं पूर्वपरराष्ट्रमन्त्री डा....

सरकारले बढायो गाडी भाडा

    सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ । इन्धनको मूल्यमा भएको उत्तारचढाव...

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

    पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा...

वाणिज्य बैंकहरुको नाफामा बृद्धि

    चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा वाणिज्य बैंकहरुले ४३ अर्ब ८८ करोड...