१६ वर्ष अघि अपहरणमा परेको छोरा भेटिएपछि परिवारमा छायो खुसी



 

म्याग्दीको बेनी नगरपालिका ३ का डिल्लीराम पुनलाई जीवनको यस्तो खुसी मिल्न सक्छ भन्ने कल्पनासमेत थिएन।

१६ वर्षअगाडि ६ वर्षको छोरा बिक्रम एकाएक बेपत्ता भएको छोरा १६ वर्षपछि भेटिँदा डिल्लीराम दम्पती खुसीले गदगद छन्। ६ वर्षको उमेरमा काठमाडौंबाट अपहरणमा परेका उनलाई अपहरणकारीले भारत लगेको थाहा लागेको भए पनि लामो समयसम्म खोजी गर्दा पनि अवस्था अज्ञात थियो।

परिवारलाई लागेको थियो कि अब छोरा आउँदैन। तर, बुधबार जब डिल्लीराम दम्पतीले छोरा विक्रमलाई आँखाअगाडि पाए तीनैजना भक्कानिएर रोए।

हराएको छोरासँग १६ वर्षपछि मिलन भएपछि आफ्नो परिवारमा खुसीको सीमा नभएको भन्दै डिल्लीराम भन्छन्, ‘हामीले आसै मारेका थियौँ, धेरै वर्षसम्म खोज्यौँ तर, केही पत्ता लागेको थिएन, भारत हुँदै छोराको उद्धार गरी भैरवामा रहेको बालबालिका सहयोग केन्द्रमा ल्याइएको जानकारी पाएपछि हामी त्यहाँ पुग्यौँ, छोरो सानो छँदाको तस्बिर र उनको शारीरिक हुलिया मिलेपछि हामीले छोराको पहिचान गरि घर ल्याएका छौँ।’

साउदीमा दुर्घटनामा परि घर फर्किपछि घरपरिवारको जीविका र छोराछोरीको शिक्षाको लागि काठमाडौंमा होटल सुरु गरेको छोटो समयमा नै अपरिचित व्यक्तिको फन्दामा परेर छोरा बेपत्ता भएपछि वर्षौं समय निराशमा बिताएको पुन परिवारमा विक्रमको पुनर्मिलनसँगै खुसी फर्किएको छ। भारतमा रहेको एकता समाजसँंगै विभिन्न नेपाली संघ संस्था र त्यहाँ क्रियाशील बालअधिकारको क्षेत्रमा काम गर्ने संस्थाहरूको पहल र नेपाल प्रहरीको सहयोगमा गत साउन ५ गते पुनलाई नेपाल ल्याइएको थियो।

उनलाई भैरवामा राखिएको बालगृहमा कार्यरत भकिम्लीकै पवित्रा रसाइलीले घरपरिवारलाई सम्पर्क गरेपछि विक्रमले परिवार पाएका हुन्। आफ्नो छोराको पहिचानको लागि पुगेका पुन परिवारलाई प्रहरी, बालगृहका सञ्चालकले बच्चा हराएको अभिलेख, निवेदन तथा हुलियाको आधार पुष्टि भएपछि परिवारको जिम्मा लगाएका थिए।
यता, १६ वर्षपछि आफ्नो बुबा आमासँग भेट हुन पाएका विक्रमले आफूलाई एक महिलाले आमा भन्न लगाएर भारतमा राख्ने गरेको र पछि उद्धार गरी आफूलाई बालगृहमा राखिएको प्रतिक्रिया दिएका छन्।

 

प्रतिक्रिया दिनुहोस
कांग्रेस-एमालेबाहेकका दलसँग माओवादीले गठबन्धन गर्ने

    प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले मंसिर १६ गते हुने उपनिर्वाचनमा

सन्दीप विरुद्धको मुद्दामा महान्यायाधिवक्ता कार्यालयले पुनरावेदन नगर्ने

    महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा पुनरावेदन नगर्ने निर्णय गरेको

माधवको नेकपा एस फुटने पक्का, १०० बढी नेताको बिद्रोह

     नेकपा एसका नेताहरुले अध्यक्ष माधवकुमार नेपाललाई पार्टीको आन्तरिक एकता जोगाइ राख्न

पुण्य गौतममाथि सांघातिक आक्रमण, आइसीयूमा उपचार हुदै

    सामाजिक अभियन्ता पुण्य गौतममाथि सांघातिक आक्रमण भएको छ । हिजो राति