१६ वर्ष अघि अपहरणमा परेको छोरा भेटिएपछि परिवारमा छायो खुसी



हाम्रो इकोनोमि

 

म्याग्दीको बेनी नगरपालिका ३ का डिल्लीराम पुनलाई जीवनको यस्तो खुसी मिल्न सक्छ भन्ने कल्पनासमेत थिएन।

१६ वर्षअगाडि ६ वर्षको छोरा बिक्रम एकाएक बेपत्ता भएको छोरा १६ वर्षपछि भेटिँदा डिल्लीराम दम्पती खुसीले गदगद छन्। ६ वर्षको उमेरमा काठमाडौंबाट अपहरणमा परेका उनलाई अपहरणकारीले भारत लगेको थाहा लागेको भए पनि लामो समयसम्म खोजी गर्दा पनि अवस्था अज्ञात थियो।

परिवारलाई लागेको थियो कि अब छोरा आउँदैन। तर, बुधबार जब डिल्लीराम दम्पतीले छोरा विक्रमलाई आँखाअगाडि पाए तीनैजना भक्कानिएर रोए।

हराएको छोरासँग १६ वर्षपछि मिलन भएपछि आफ्नो परिवारमा खुसीको सीमा नभएको भन्दै डिल्लीराम भन्छन्, ‘हामीले आसै मारेका थियौँ, धेरै वर्षसम्म खोज्यौँ तर, केही पत्ता लागेको थिएन, भारत हुँदै छोराको उद्धार गरी भैरवामा रहेको बालबालिका सहयोग केन्द्रमा ल्याइएको जानकारी पाएपछि हामी त्यहाँ पुग्यौँ, छोरो सानो छँदाको तस्बिर र उनको शारीरिक हुलिया मिलेपछि हामीले छोराको पहिचान गरि घर ल्याएका छौँ।’

साउदीमा दुर्घटनामा परि घर फर्किपछि घरपरिवारको जीविका र छोराछोरीको शिक्षाको लागि काठमाडौंमा होटल सुरु गरेको छोटो समयमा नै अपरिचित व्यक्तिको फन्दामा परेर छोरा बेपत्ता भएपछि वर्षौं समय निराशमा बिताएको पुन परिवारमा विक्रमको पुनर्मिलनसँगै खुसी फर्किएको छ। भारतमा रहेको एकता समाजसँंगै विभिन्न नेपाली संघ संस्था र त्यहाँ क्रियाशील बालअधिकारको क्षेत्रमा काम गर्ने संस्थाहरूको पहल र नेपाल प्रहरीको सहयोगमा गत साउन ५ गते पुनलाई नेपाल ल्याइएको थियो।

उनलाई भैरवामा राखिएको बालगृहमा कार्यरत भकिम्लीकै पवित्रा रसाइलीले घरपरिवारलाई सम्पर्क गरेपछि विक्रमले परिवार पाएका हुन्। आफ्नो छोराको पहिचानको लागि पुगेका पुन परिवारलाई प्रहरी, बालगृहका सञ्चालकले बच्चा हराएको अभिलेख, निवेदन तथा हुलियाको आधार पुष्टि भएपछि परिवारको जिम्मा लगाएका थिए।
यता, १६ वर्षपछि आफ्नो बुबा आमासँग भेट हुन पाएका विक्रमले आफूलाई एक महिलाले आमा भन्न लगाएर भारतमा राख्ने गरेको र पछि उद्धार गरी आफूलाई बालगृहमा राखिएको प्रतिक्रिया दिएका छन्।

 

प्रतिक्रिया दिनुहोस
इन्टरपोलमार्फत देउवा दम्पतीलाई नेपाल ल्याउने तयारी

    पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा, उनकी पत्नी एवं पूर्वपरराष्ट्रमन्त्री डा....

सरकारले बढायो गाडी भाडा

    सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ । इन्धनको मूल्यमा भएको उत्तारचढाव...

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

    पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा...

वाणिज्य बैंकहरुको नाफामा बृद्धि

    चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा वाणिज्य बैंकहरुले ४३ अर्ब ८८ करोड...