आफै सुन लुकाएर हरायो भन्दै प्रहरीलाई खबर गर्ने सुनार प्रहरीको खोरमा, बिजि मलमा लुकाएका थिए सुन



हाम्रो इकोनोमि

 

बुधबार राति काठमाडौंको गोंगबुबाट लुटिएको १ किलो सुन फेला परेको छ।

 

काठमाडौंको गोंगबुस्थित राप्ती पाहुना घरको २०२ नम्बर कोठाबाट बुधबार राति ८ बजे दाङका सुन व्यवसायी खड्ग बहादुर सुनार सुन लुटिएको भन्दै प्रहरीमा खबर गरेका थिए।

 

१ किलो सुन र २ लाख १७ रुपैयाँभन्दा बढी रकम लुटिएको भन्दै प्रहरीमा खबर गरेपछि काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्वराज पोखरेल आफैं घटनास्थल पुगेका थिए।

 

घटनाको प्रकृति हेर्दा सुन लुटिएको नभएर लुकाएको हुनसक्ने भन्दै प्रहरीले सुन हरायो भन्ने सुनारलाई नै नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो।

 

अनुसन्धान गर्दै जाँदा सुन लुटिएको नभएर नाटकीय शैलीमा सुन लुकाएको फेला परेको काठमाडौं प्रहरी प्रवक्ता डिएसपी मोहन थापाले बताए। सुनारले सुन गोंगबुस्थित बिजीमलमा लुकाएर समितिको सुन पचाउन नाटक रचेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

 

दाङ सुन व्यवसायी समितिको सुन सुनारले बुधबार मात्र न्यूरोडको सिद्धार्थबाट खरिद गरेका थिए। उक्त सुन पचाउन उनले नाटक रचेको प्रहरीले जनाएको छ। प्रहरीले सुनारसहित ५ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान जारी राखेको छ।

 

प्रतिक्रिया दिनुहोस
इन्टरपोलमार्फत देउवा दम्पतीलाई नेपाल ल्याउने तयारी

    पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा, उनकी पत्नी एवं पूर्वपरराष्ट्रमन्त्री डा....

सरकारले बढायो गाडी भाडा

    सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ । इन्धनको मूल्यमा भएको उत्तारचढाव...

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

    पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा...

वाणिज्य बैंकहरुको नाफामा बृद्धि

    चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा वाणिज्य बैंकहरुले ४३ अर्ब ८८ करोड...