आफै सुन लुकाएर हरायो भन्दै प्रहरीलाई खबर गर्ने सुनार प्रहरीको खोरमा, बिजि मलमा लुकाएका थिए सुन



हाम्रो इकोनोमि

 

बुधबार राति काठमाडौंको गोंगबुबाट लुटिएको १ किलो सुन फेला परेको छ।

 

काठमाडौंको गोंगबुस्थित राप्ती पाहुना घरको २०२ नम्बर कोठाबाट बुधबार राति ८ बजे दाङका सुन व्यवसायी खड्ग बहादुर सुनार सुन लुटिएको भन्दै प्रहरीमा खबर गरेका थिए।

 

१ किलो सुन र २ लाख १७ रुपैयाँभन्दा बढी रकम लुटिएको भन्दै प्रहरीमा खबर गरेपछि काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्वराज पोखरेल आफैं घटनास्थल पुगेका थिए।

 

घटनाको प्रकृति हेर्दा सुन लुटिएको नभएर लुकाएको हुनसक्ने भन्दै प्रहरीले सुन हरायो भन्ने सुनारलाई नै नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो।

 

अनुसन्धान गर्दै जाँदा सुन लुटिएको नभएर नाटकीय शैलीमा सुन लुकाएको फेला परेको काठमाडौं प्रहरी प्रवक्ता डिएसपी मोहन थापाले बताए। सुनारले सुन गोंगबुस्थित बिजीमलमा लुकाएर समितिको सुन पचाउन नाटक रचेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

 

दाङ सुन व्यवसायी समितिको सुन सुनारले बुधबार मात्र न्यूरोडको सिद्धार्थबाट खरिद गरेका थिए। उक्त सुन पचाउन उनले नाटक रचेको प्रहरीले जनाएको छ। प्रहरीले सुनारसहित ५ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान जारी राखेको छ।

 

प्रतिक्रिया दिनुहोस
ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...

सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

चन्द्रागिरि नगरपालिका–१२ सतुङ्गलमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।...

एमालेको प्रचारप्रसार गर्न ज्योति मगर भृकुटी मण्डप पुगिन्

  दोहोरी गायिका ज्योति मगर नेकपा एमालेको महाधिवेशनस्थल भृकुटीमण्डप पुगेकी छन् । मंगलबार...