सिरियामा आत्मघाती आक्रमण, १५६ को मृत्यु



हाम्रो इकोनोमि

 

सिरियाको एक दक्षिणी प्रान्तमा आतंकवादी संगठन आईएसको आक्रमणमा परी १५० भन्दा बढी मानिसहरुको ज्यान गएको छ । बुधबार भएको यो आक्रमण सिरियामा भएको अहिलेसम्मकै सबैभन्दा घातक आक्रमणहरुमध्येको एक हो ।

 

सिरियाको मानवअधिकारको अनुगमन गर्ने संस्थाले बुधबार सरकारको नियन्त्रणमा रहेको दक्षिण प्रान्त सुवैदाका केही क्षेत्रहरुमा यो आक्रमण गरिएको हो । यो प्रान्तको उत्तरपूर्वी क्षेत्रमा आईयसको नियन्त्रण रहेको छ ।

 

गत साता रुसी समर्थित सेनाले यो क्षेत्रमा आईएसमाथि आक्रमण गरेको थियो । आईएसले यो घटनाको जिम्मेवारी लिँदै आफ्नो लडाकुको कार्यको प्रशंसा गरेको छ ।

 

अनुगमन गरिरहेको संस्थाको विवरणअनुसार मानिसहरुलाई घरमै बसेको अवस्थामा पनि आईएसले आक्रमण गरी मारेको बताएको छ । आत्मघाती आक्रमण र अन्य आक्रमणमा गरी ६२ नागरिकहरुसहित १५६ मानिसहरुको ज्यान गएको हो ।

 

मर्नेमा ९४ जना सरकार समर्थित लडाकुहरु रहेका थिए, जसमा धेरैजसोले आफ्नो गाउँको सुरक्षाको लागि हतियार उठाएका थिए । आत्मघाती आक्रमणकारी र अन्य आक्रमणकारीहरुसहित गरी आईएसका पनि ३० जनाको ज्यान गएको बताइएको छ । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...

हेटौंडा बजारको घरटहरामा भोलिबाट डोजर चलाउने तयारी

   हेटौंडा उपमहानगरपालिका क्षेत्रभित्र पर्ने राष्ट्रिय राजमार्गको सडक सीमा केन्द्र रेखादेखि २५–२५ गजभित्र...